• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित, इजरायल जाने जहाजमा आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

  • वीरगंज संजाल
  • २४ मंसिर २०८०, आईतवार ०९:०४
  • १६३३

    वीरगंज । गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।

    साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् । उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’

    इरानका विदेशमन्त्रीले अमेरिकाले युद्धविराम रोक्दा मध्यपूर्वमा ठूलो विस्फोट हुने टिप्पणी गरेका छन् । यता, यमनका हुथी विद्रोहीहरूले अबदेखि इजरायल जाने सबै जहाजमा आक्रमण गर्ने घोषणा गरेका छन् । उनीहरूले ती जहाजहरूको मालिक जुनसुकै देश भए पनि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

    ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएको प्रतिक्रिया दिएको छ ।

    उता, समाचार संस्था एएफपीका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

    अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ ।’

    अब्बासले शनिबार भनेका छन्, ‘अमेरिकी नीतिले गाजा, वेस्ट बैङ्क र जेरुसेलममा प्यालेस्टिनीविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।’

    राष्ट्रसंघको युद्धविराम प्रस्ताव रोक्दै अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेको’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए । इजरायलले पनि भिटोको प्रशंसा गरेको छ ।

    युद्धका कारण गाजाको आधा जनसंख्या अर्थात् करिब १० लाख मानिससँग खानेकुरा छैन । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार गाजाका जनता भोकले मरिरहेका छन् । त्यस्तै, गाजा क्षेत्रमा अस्पतालले थेग्नै नसक्ने गरी मृतक र घाइतेको संख्या बढिरहेको छ ।

    विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्कोले गाजाका १० लाख जनतालाई एक महिनाको भोक मेटाउनका लागि पर्याप्त सामानको प्रबन्ध गरेको बताएका छन् । यसै क्रममा कतारी मिडिया अल जजिराका अनुसार खान युनिसमा इजरायलको बमबारीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ ।

    समाचार संस्था सिन्ह्वाका अनुसार संयुक्त राष्ट्र सङ्घले प्यालेस्टाइनको रफाहमा हजारौं विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको जनाएको छ ।

    मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौं हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू रहेको जानकारी गराएको छ ।
    सबैभन्दा पछि आएका विस्थापित मानिसहरूले रफाहमा ठूलो भीडभाडबीच आफूहरूलाई सडक वा अन्य खुला ठाउँहरूमा पनि आफ्नो ठाउँ पाउन मुस्किल भइरहेको छ ।

    ‘हजारौं विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्टहरू स्थापना गरेका छन्,’ राष्ट्रसङ्घीय उक्त निकायले भनेको छ ।

    धेरै प्यालेस्टिनीहरूका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण सुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो ।

    संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको झन्डै ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

    हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार पाँच सय व्यक्तिको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑