• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशको रौतहटमा फिल्मी स्टाइलले झण्डा गाडेर जग्गा कब्जा गर्ने प्रयास

  • वीरगंज संजाल
  • २३ मंसिर २०८०, शनिबार १६:१७
  • २२४५

    वीरगंज । अहिलेको समयमा पनि कसैको जग्गा कब्जा गरेर जनवादी झण्डा झुण्डयाउन सक्छ भन्दा कसैले कल्पना गर्न पनि सकिदैनन् तर यस्तै यथार्थ घटना रौतहटको माधवनारायण नगरपालिकामा घटेको छ । नेपालीमा एउटा उखान छ, “कहि नभएको जात्रा हाँडी गाउँको” भने झै रौतहटको माधवनारायण नगरपालिकाको लौकाहामा व्यत्तिको जग्गा कब्जा गर्ने उद्देश्यबाट हसियाँ हथौंडा अंकित झण्डा झुण्डयाएर करिव ९ कत्ठा जग्गा कब्जा गर्ने योजनाको रहयोघाटन भएको हो । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका विनोद महतोले ९साविक गाविस पिपरा रजवाडा २० हाल माधवनारायण नगरपालिका वडा नम्वर ७ घर भएका किसुनी महतो नुनिया र धनपत महतो नुनिया संग पिपरा रजवाडा गाविस वडा नम्वर १ मा रहेको कित्ता नम्वर ८११ को ससिम ८ कत्ठा ८ धुर जग्गा २०७४ साल साउन २० गतेको मितिमा संयुक्त रुपमा नामसारी पास गरेका थिए ।

    उक्त संयुक्त जग्गा धनीद्वयले २०७५ साल मंसिर १ गतेका दिन कित्ता नम्वर ८११ लाई कित्ताकाट गरी ११३७ को ४ कत्ठा जग्गा माधवनारायण नगरपालिका ७ का सुमित्रा देवी र ११३८ को ४ कत्ठा ८ धुर जग्गा राजिन्द्र नायक सुधीको नाममा रजिष्ट्रेशन पास गरेर राजिनामा गरिदिएको थियो ।
    तर माधवनारायण नगरपालिका वडा नम्वर ७ का बासिन्दा तत्कालिन माओवादी कार्यकर्ता रामनाथ माझीले आफनो जग्गा भन्दै विभिन्न समयमा वादविवाद खडा गर्दै आएको र २०८० कात्र्तिक १८ गते दुबै कित्ता जग्गामा हसियाँ हथौडा लोगो अंकित रातो झण्डा उक्त जग्गामा झुण्डयाएर मसुरो, तोरी बालि लगाए जग्गा कब्जाको प्रयास गरेको देखिन्छ । दुबै जग्गाधनीले आफनो जग्गालाई माओवादीको दलित नेताद्धारा झण्डा गाडेर जग्गा कब्जा गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको साथै जग्गा खाली गराई पाउ भनेर लिखित उजुरी दिए । जिल्ला प्रशासन कार्यालय रौतहटले सक्कल उजुरी पत्रलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको थियो ।

    जिल्ला प्रहरी कार्यालयमा छलफल गरियो तर सहमती हुन सकेनन् । अहिलेको समयमा पनि झण्डा गाडेर जग्गा कब्जा गर्न पाइन्छ भनेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र समक्ष प्रश्न गर्दा जग्गा कब्जाको कुरा आफूलाई थाहा नभएको मिटरब्याजीको रहेको मात्रै बुझिएको बताए । उक्त जग्गामा झण्डा गाडिएको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयलाई तत्काल झण्डा हटाई झण्डा गाड्ने व्यक्तिलाई नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले बुधवार साँझ उक्त जग्गामा गाडीको झण्डालाई हटाइएको पिडित जग्गाधनीले बताए । पहिलाको जमिन्दारहरुले गरिव असहायको जग्गा कब्जा गर्ने चलन अहिलेको समयमा समाप्त भइसकेको भएपनि माओवादी द्वन्दकालमा यस प्रकारको घटनाहरु सुन्ने गरिन्थ्यो तर अहिलेको समयमा पनि झण्डा गाडेर जग्गा कब्जा गर्ने नौंलो विषय भएको पीडित जग्गा धनी सुमिन्त्रा देवीको छोरा रविन्द्र महतो नुनियाले गुनासो गरे ।

    अर्को जग्गाधनी राजिन्द्र नायक सुधीको माइलो छोरा मनोजकुमार नायकले २०७५ सालमा खरिद गरेको जग्गा आफूले निर्वाध रुपमा भोगचलन गर्दै आईरहेको तर तत्कालिन माओवादीको दलित नेता रामनाथ माझीको यस्तो हर्कतबाट आफू लगायतका सर्वसाधारणहरु आतंकित बन्दै गएको गुनासो गरे ।
    स्थानीय बासिन्दा एवं उक्त घटनाको प्रत्यक्षदर्शी रामपवित्र महतोले दलित नेता माझीको कार्यशैली जमिन्दार एवं तानाशाही प्रवृतिका कारण स्थानीय बासिन्दाहरु आश्चर्यचकित भको बताउदै त्यस्ता गैरकानुनी क्रियाकलाप गर्नेलाई हदै सम्मको कारवाही हुनुपर्ने सम्बध निकाय संग माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑