• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रामीण क्षेत्रका महिला असुरक्षित गर्भपतनका लागि भारत जान बाध्य

  • वीरगंज संजाल
  • १९ मंसिर २०८०, मंगलवार १३:३०
  • १६९३

    वीरगंज । पर्साका ग्रामीण बासिन्दाका महिलाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित नै छन्।
    पर्सा जिल्लाका महिलाहरू स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन्। गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भने यो सेवा उपलब्ध अझै भइनसकेको स्थानीयले बताएका छन्। ग्रामीण क्षेत्रमा यो सुविधा नभएको कारण सुरक्षित गर्भपतनका लागि वीरगंज धाउनुपरेको उनीहरूले बताए। वीरगंजको मेरी स्टोप्समा यो सेवा निश्शुल्क उपलब्ध भएकोले ग्रामीण क्षेत्रका महिलाहरू त्यही जाने गरेका छन्। मेरी स्टोप्सबाहेक सरकारी अस्पताल नारायणी र अन्य निजी अस्पतालहरूमा भने यही सेवा महिलाहरूले शुल्क तिरेर लिनुपर्छ।
    ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउँपालिकालगायत जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन्। सो सेवाका लागि तालीम प्राप्त स्वास्थ्यकर्मीहरूको अभाव रहेका कारण यो सेवा अझै सञ्चालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    ठोरी गापाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङले सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सुचारु नगरिएको बताए। सुरक्षित गर्भपतनसम्बन्धी तालीमका लागि प्रदेश स्वास्थ्य तालीम केन्द्रमा माग गरिएको थिङले बताए। जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पाँच वर्षअगाडि यो सेवा सञ्चालनमा रहेको तर सम्बन्धित कर्मचारी सरुवा भएर गएपछि सेवा बन्द रहेको बताए। पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रले नगर क्षेत्रभित्र पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल सुरक्षित गर्भपतन गर्ने सेवा सञ्चालनमा रहेको बताए।

    उनले मासिक ५५ देखि ६५ जनाको सुरक्षित गर्भपतन गराउँदै आएको बताए। उनले पोखरिया अस्पतालमा नगरपालिकाबाहेक अन्य पालिकाहरूबाट पनि महिलाहरू सुरक्षित गर्भपतनका लागि आउने गरेको बताए।
    पोखरियामा सेवा लिन नसक्नेहरू भने सीमावर्ती भारतीय बजार इनर्वा, भङ्गाहा, मैनाटाँड, सिकटालगायतका बजारमा यो सेवा जोखिमपूर्णरूपमा लिन बाध्य छन्। स्थानीयहरूले सीमावर्ती क्षेत्रमा यो सेवा सर्वसुलभ उपलब्ध हुने गरेकोले जाने गरेको बताएका छन्। भारतीय सीमा क्षेत्रमा यो सेवा लिन जानेहरूमध्ये केही महिलाहरूको मृत्यु पनि भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑