• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलितको घरमा आगो लगाएर जमिन कब्जा गरेको भन्दै लहानका मेयर चौधरीविरुद्ध ‘मुर्दावाद’ को नारा

  • वीरगंज संजाल
  • १८ मंसिर २०८०, सोमबार १०:५६
  • २१३३

    वीरगंज| दलितको घरमा आगो लगाएर जग्गा कब्जा गरेको आरोप लगाउँदै दलितहरुले सुरु गरेको विरोध प्रदर्शनलाई सशक्त बनाउँदै चर्काउन थालेका छन् ।
    लहान नगरपालिकाका मेयर महेश चौधरीकोविरुद्ध सडक संघर्षमा उत्रेका दलितहरुले संघर्षलाई चर्काएका छन् । उनीहरुले हरेक दिन प्रदर्शन गर्दै मेयर चौधरीलाई कारबाहीको माग गरिरहेका छन् । लहान नगरपालिकाको वडा नम्बर १५ मा दुतीलाल मोचीको नाममा दर्ता रहेको १७ कठ्ठा जग्गा गैरकानुनी रुपमा मेयर चौधरीले कब्जा गरेको आरोप लगाउँदै संयुक्त दलित संघर्ष समितिले विरोध प्रदर्शन गरिरहेको छ ।

    व्यक्तिको नाममा दर्ता रहेको जग्गा नगरपालिकाले गैरकानुनी ढंगले कब्जामा लिएपछि दलितहरु आक्रोशित भएका छन् । उनीहरुले सो जग्गा फिर्ता गर्न माग गरिरहेका छन् । चौधरीले जग्गा कब्जा गरी नगरक्षेत्रको फोहोर फाल्ने ‘डम्पिंग साइट’ बनाएका छन् । तर जग्गाको सम्पूर्ण प्रमाण पुर्जासहित मोचीका सन्तानहरुले गत कार्तिक २३ गते टहरा निर्माण गर्न लाग्दा मेयर चौधरीले आगो लगाएर ध्वस्त बनाउन लगाएको आरोप दलित अगुवाहरुको छ ।
    संयुक्त दलित संघर्ष समितिका संयोजक मनोज पासवानले जग्गाधनी दलित भएकै कारण चौधरीले कब्जा गरेको आरोप लगाए । ‘दलितको जग्गालाई अनधिकृत रुपमा ‘डम्पिंग साइट’ बनाइएको छ’ उनले भने, नगरप्रमुख चौधरीले जग्गा खाली गरी जग्गाधनीलाई तत्काल फिर्ता नगरे संघर्ष अझै चर्किने छ ।

    मेयर चौधरीले घरमा आगजनी गर्ने क्रममा प्रयोग गरेका प्रहरीले दलित महिलालाई लछारपछार गर्दै कुटपिट गरेका थिए । दलित महिलाहरुमाथि प्रहरी ज्यादती भएको र मेयरले नै त्यस्ता कुकृत्य गराएको पासवानले आरोप लगाए । नेपाली कांग्रेसबाट निर्वाचित भएका चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उपमेयर रामचलित्तर महतो रहेका छन् । नगर कार्यपालिकामा कांग्रेसकै बहुमत रहेको छ । गत स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाको चुनाव नेकां र जसपा मिलेर लडेको थियो । तर वर्षदिन नबित्दै मेयर र उपमेयरबीच तिक्तता अत्यधिक बढेको छ ।

    मेयर चौधरीले दलितको जग्गा कब्जा गरेको प्रकरणमा उपमेयर महतोले असहयोग गरेका छन् । उपमेयर महतो संघर्षरत दलितहरुको पक्षमा देखिएका छन् । स्थानीय बासिन्दाहरु भने जग्गा प्रकरणमा विभाजित देखिएका छन् । केहीले जग्गाको श्रेस्तामा दलित दुतिलाल मोचीको नाम उल्लेख रहेकाले सो जग्गा उनकै रहेको तर्क गरिरहेका छन् । तर कतिपयले मोचीको नाममा हाल सो जग्गा नरहेको दाबी गर्दै विगतदेखि नै एलानी पर्ती रहेको बताईरहेका छन् ।
    नगरपालिका भित्रको विवाद सडकमा छताछुल्ल भएको छ । मेयरले ‘डम्पिंग साइट’ बनाएको जग्गालाई उपमेयर महतोले दलितलाई फिर्ता हुनुपर्ने अडान लिएका छन् । वरिष्ठ पत्रकार एवं स्वच्छता अभियानी देवकुमार यादवले दलितहरुको संघर्ष चर्किन सक्ने सम्भावना रहेको बताएका छन् ।

    ‘नगरपालिकाले समयमै ठोस निर्णय लिनु आवश्यक छ’ उनले भने, -व्यक्तिगत स्वार्थको विषय नरहे पनि नगरप्रमुख चौधरीले जनआवाजलाई नजरअन्दाज गर्न हुँदैन् । सिरहा जिल्लाको लहान दलित आन्दोलनका लागि उर्वरभूमि मानिन्छ । सिनो नफाल्ने लगायतका कयौं आन्दोलन लहानबाट सुरु भएर सफल भएको दृष्टान्त छ । सडकमा उत्रेका दलितहरुले विस्तारै जनसमर्थन प्राप्त गर्न थालेका छन् । संघर्षमा विभिन्न क्षेत्रका नेताहरु जोडिन थालेकाले हरेक दिन प्रदर्शनमा संख्या थपिएको देखिन्छ । लहान नगर क्षेत्रमा दलितहरुको बाक्लो संख्या रहेको छ । संयुक्त दलित संघर्ष समितिमा सबै दलित जातिहरुलाई समेटिएको र गैरदलितहरुबाट समेत समर्थन जुट्न थालेकाले परिणाम प्राप्त नभएसम्म संघर्ष रोकिने सम्भावना नरहेको बताइन्छ । यस सम्बन्धमा मेयर चौधरीसित सम्पर्क हुन सकेन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑