वीरगञ्ज । देश तथा विदेशमा घुम्ने आन्तरिक एवम् बाह्य पर्यटकलाई मध्यनजर गर्दै घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रा.ली. सञ्चालनमा आएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले शनिवार एक कार्यक्रमका बीच वीरगञ्जको घण्टाघरस्थित शर्मा मार्केटमा खुलेको प्रा.ली.को उद्घाटन गरेका हुन् ।
वर्तमान परिवेशमा सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन फरक–फरक क्षेत्रमा लगानी हुनु सकारात्मक पक्ष भएको अध्यक्ष अग्रवालको भनाई छ । ट्राभल्स एण्ड टुर्स प्रा.ली.को उद्घाटन गर्दै उनले व्यापारलाई बढाउन र अर्थतन्त्रलाई सुधार्नका लागि सरकारले कुनै पहल कदमी नचालेको प्रति असन्तुष्टी व्यक्त गरे । प्रा.ली.का सञ्चालक मोम्ताज आलमले देश तथा विदेशमा भ्रमण गर्नका लागि विभिन्न प्याकेजहरु सञ्चालन गर्ने बताए । उनकाअनुसार युरोप, अमेरिका, इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, भारत तथा संसारका अन्य देश भ्रमणका लागि प्रा.ली.ले प्याकेज उपलब्ध गराउनेछ । सस्तो र सर्वसुलभ मूल्यमा अन्र्तराष्ट्रिय स्तरको सेवा तथा सुविधा दिई पर्यटनको प्रबर्धन गर्ने उद्देश्यले कम्पनी सञ्चालन गरेको आलमको दाबी छ ।
प्रा.ली.बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, अनलाईन श्रम, ट्रेन टिकट, होटल बुकिङ, डिलक्स टुरिष्ट बसको टिकट काट्ने सुविधा प्रदान गर्ने आलमले बताए । कम्पनीको उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष किशोरी साह तेली, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार, बाण मधेश प्रदेशका अध्यक्ष आशिक अन्सारी लगायतको उपस्थिती रहेको थियो ।