जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् ।
स्थानीय अमरेश सिँहकी १७ बर्षिय छोरी आफ्नै घरमा मृत अवस्थामा भेटिएको जनाईएको छ ।
यद्यपी, परिवारजनले झुण्डिएको अवस्थामा हेरेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषित गरेको बताईएको छ । अस्पतालमा खटेका प्रहरीले किशोरीको अवस्था देखेपछि जानकारी लिएको थियो । परिवारजनले आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताएको हो ।
यता, छिमेकीहरुले भने किशोरी झुण्डिने प्रकृतिको नदेखिएको भन्दै हत्याको आशँका गरेका छन् । घटनास्थलको प्रकृति समेत शंकास्पद देखिएको भन्दै हत्या गरी झुण्डियाईएको हुन सक्ने शंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले भने परिवारजनलाई उदृत गर्दै झुण्डिएको अवस्थामा देखेपछि तल झारी उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यू भएको हो । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।