आज:
  • होमपेज / Breaking News

    कुटपिटको विरोधमा रुपन्देहीमा प्रहरी कार्यालयबाहिर डाक्टरहरुको प्रदर्शन

  • वीरगंज संजाल
  • १४ मंसिर २०८०, बिहीबार १५:३५
  • १११३

    वीरगंज । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का हुन् ।

    उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता गर्न लागेको बताए । गुल्मी घर भई भैरहवा बस्ने भवानी रास्कोटीको सल्यक्रियाबाट सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको संघका सचिव डा. पोखरेलले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए । निजी अस्पताल ब्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दासमेत पिटिनुपर्ने अवस्था आउनु दुखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माएको अर्को दिन मृत्यु भएकी सुत्केरी भवानी रास्कोटी मगरका आफन्तले शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण भवानीको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति र पक्राउ परेका ७ जनालाई बिना शर्त रिहाई नभए अस्पतालको लापरबाहीविरुद्ध आन्दोलन गर्ने बताएका छन् । मृतककी आफन्त कल्पना पाँडे मगरले सामान्य हातपात भएकामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई आईसीयूमा राखेर लापरबाही ढाकछोप गर्न खोजिएकाले सत्य तथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउन माग गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑