• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनावी प्रतिबद्धता अनुसार रोजगारीका अवसर खोज्दै जनमत पार्टी

  • वीरगंज संजाल
  • १० मंसिर २०८०, आईतवार १७:३७
  • १५२९

    जनकपुरधाम । जनमत पार्टीले चुनावमा गरेको प्रतिबद्धता अनुरुप हुलाकी राजमार्ग क्षेत्रमा रोजगारीका अवसरको खोजी गर्न थालेको छ । अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गलाई पूर्ण रुपमा सूचारु गरी रोजगारी सिर्जनाको खाका कोर्न पार्टीका केन्द्रीय सचिव बीपी साहको नेतृत्वमा एक अध्ययन टोली परिचालन गरिएको जनमत पार्टीले जनाएको छ ।

    महोत्तरीको बखरीबाट यो कार्य थालनी भएको सचिव साहले जानकारी दिए । यो अभियान अन्तर्गत मधेसका आठ वटै जिल्लाका हुलाकी राजमार्ग खण्डमा पर्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणको सुझाव संकलन गरिने सचिव साहले बताए ।

    साहका अनुसार हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना सञ्चालन वा काम गरे प्रदेशमा रोजगारी सिर्जना हुन्छ भन्ने प्रश्नसहित जनमतको टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणहरुसँग सुझाव लिइरहेको छ ।

    बुधबार बखरीमा आयोजित उक्त कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले हुलाकी राजमार्गलाई केन्द्र सरकारले उपेक्षा गरेको भन्दै आफ्नो पालिकामा हुलाकी राजमार्ग खण्डमा रोजगारीका लागि सहजीकरण गर्ने बताए ।

    उनले केन्द्र र प्रदेश सरकारबाट ठोस योजना ल्याउन जनमत पार्टीलाई सुझावसमेत दिए ।

    कार्यक्रममा सहभागी एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले हुलाकी राजमार्गलाई व्यवस्थित गरे आफ्नै पालिकामा हजारौँले रोजगारी पाउने बताए । हुलाकी राजमार्ग खण्डमा कृषि बजार र कोल्ड स्टोर स्थापना गर्न सके रोजगारी सिर्जना हुने तर्क उनको थियो ।

    जनमत पार्टीका सचिव साहले पार्टीले चुनावअघि जनतासँग गरेको प्रतिवद्धता पूरा गर्ने काममा लागेको बताए । उनी भन्छन्, ‘हामीले कुनै पनि सरकार आफ्नो अनुकुल चलाउन सक्ने मत पाएका छैनौँ । त्यसकारण रोजगारीका लागि चाहेको जस्तो काम गर्न ढिलाइ भएको छ । तर, पार्टीले रोजगारी सिर्जनाका लागि हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने ।

    अध्ययनपछि पार्टीले निर्णय गरेर थप प्रक्रिया अगाडि बढाउने सचिव साहले बताए । उनले भने, ‘यसका लागि स्थानीय जनप्रतिनिधिदेखि अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि जनमत पार्टीलाई सहयोग गर्नुपर्नेछ ।’

    कार्यक्रममा सहभागी मधेस प्रदेश नीति आयोगका सदस्य डा.सोहन प्रसाद साहले हुलाकी राजमार्ग वरिपरिकै पालिकाहरुमा साक्षरताको कमी, बेरोजगारी, गरिबी, मानव सूचकांकमा पछाडि, स्वास्थ्य व्यवस्थाको जर्जर अवस्था, खानेपानी र कुपोषण लगायतका समस्या रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

    हुलाकी राजमार्गलाई रोजगारीसँग जोड्न सके लाखौँ जनताको जीवनस्तरमा सुधार आउने डा.साहको तर्क छ । उनले कार्यक्रममा उपस्थित जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार र एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डललाई सम्भावित योजनाहरुमा स्थानीय निकायले दुई कदम आगाडि बढेर सहयोग गरेमा मधेस प्रदेश सरकारलाई चार कदम आगाडि बढेर सहयोग र समन्वय गर्ने कार्यमा आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

    हुलाकी राजमार्ग करिब ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसके पनि केही ठाउँमा बाधा अवरोध कायमै छ । मधेस प्रदेशको ८ वटा जिल्लामा राजमार्ग निर्माणको कार्य तीन वटा कार्यालयले सञ्चालन गरिरहेको छ । धनुषा, सिरहा, महोत्तरी र सर्लाहीको निर्माण कार्य हुलाकी सडक निर्देशनालय सिरहाले, सप्तरीको ईटहरी कार्यालयले र रौतहट, बारा र पर्साको काम वीरगञ्ज कार्यालयले गरिरहेको छ ।

    सिरहा र धनुषाको सिमानामा पर्ने कमला पुलकै कारण हुलाकी राजमार्ग सञ्चालनमा आउन सकेको छैन । १८ सय मिटरको यो पुल उदघाटन गर्नुअघि निर्माण सम्पन्न भइसकेको पुल भत्किएको थियो ।

    हुलाकी सडकका निर्देशनालय सिरहाका निर्देशक कृष्णकुमार महतोले चार वटा जिल्लामा ८० प्रतिशत हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

    यस्तै वीरगञ्ज कार्यालयका सूचना अधिकारी संजयकुमार ठाकुरका अनुसार यो जिल्लामा ११५ किलोमिटर सडक बन्नुपर्नेमा ११० किलोमिटर बनिसकेको बताए ।

    ५ किलोमिटर सडक चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकोले बन्न नसकेको उनले बताए । यस्तै सप्तरीमा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ ।

    सिरहा र धनुषाको सिमानामा पर्ने कमला पुलकै कारण हुलाकी राजमार्ग सञ्चालनमा आउन सकेको छैन । १८ सय मिटरको यो पुल उदघाटन गर्नुअघि निर्माण सम्पन्न भइसकेको पुल भत्किएको थियो । पटकपटक शीर्ष नेता, मन्त्रीहरुले यो पुल निर्माण गर्न प्रतिबद्धता जनाए पनि हालसम्म पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

    हुलाकी राजमार्ग हुँदै सिरहाबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्न २८ किलोमिटरको यात्रा गर्नुपर्छ । जबकि अहिले उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्नुपर्दा करिब ८७ किलोमिटर अर्थात् झण्डै तेब्बर दुरी तय गर्नुपर्छ ।

    उक्त पुल २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनलाई २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । सात वर्षसम्म पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो ।

    map of hulaki road

    त्यसपछि १३ असार २०७८ मा सो पुल निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइयो । उक्त पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उदघाटनको तयारी गरिएको थियो । तर पुलको निर्माण कार्य सम्पन्न भए पनि सुचारु नहुँदै बाढीका कारण भासिएको थियो ।

    अलपत्र रहेको कमला पुलको निर्माण कार्य सुरु गर्न हुलाकी सडक निर्देशनालयलाई पाँच दिने अल्टिमेटम दिइएको छ । हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले आजै पुलमा एक बैठकबाट निर्णय गर्दै पुल निर्माणको कार्य सुरु गर्न अल्टिमेटम दिएका हुन् । उनले पाँच दिनभित्र निर्माण कार्य सुरु नभए आन्दोलन गर्ने चेतावनी दिए ।

    नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य प्रमोदकुमार यादवसहितको उपस्थितिमा संघर्ष समितिले यस्तो निर्णय गरेको हो । संघर्ष समितिका संयोजक यादवले सरकारकै उदासीनताका कारण यो राजमार्गको निर्माण कार्य सम्पन्न हुन नसकेको आरोप लगाए ।

    उता हुलाकी सडक निर्देशनालयका निर्देशक महतोले भासिएको कमला पुलको निर्माण कार्य यसै साता सुरु हुने जनाएका छन् । उनले आउँदो असार मसान्तभित्र कुनै पनि हालतमा पुल सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको बताए ।

    हुलाकी राजमार्गले अहिलेको संघीय संरचनामा मधेस प्रदेशको २६ वटा गाउँपालिका, १७ वटा नगरपालिका, २ वटा उपमहानगरपालिका र एउटा महानगरपालिका गरी जम्मा ४६ वटा स्थानीय तहलाई छुन्छ ।

    मधेस प्रदेशको करिब एक तिहाई स्थानीय तहलाई जोड्ने यो राजमार्गमागबाट करिब २२ लाख १५ हजार ४६ जनसंख्या लाभान्वित हुन्छ । जुन मधेस प्रदेशको कुल जनसंख्याको ३६.२३ प्रतिशत हो ।

    Polulation data

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑