• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ७२ घण्टासम्म भोकै बस्यो भने शरीरमा के हुन्छ ?

  • वीरगंज संजाल
  • ९ मंसिर २०८०, शनिबार १८:१५
  • १२९३

    काठमाडौँ । तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ? पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ । सुरुमा त शरीरले ताकतका लागि शरीरमा जम्मा भएर बसेको ग्लाइकोजिनको चलाउँछ ।
    ग्लाइकोजिन सकिँदै गएपछि रगतमा चिनीको मात्रा घट्न थाल्छ । व्रत जारी रहँदा शरीर किटोशिशको अवस्थामा जान्छ, ऊर्जाका लागि शरीरले फ्याट बर्न गर्न थाल्छ । यो मेटाबोलिक स्टेटले तौल घटाउन सक्छ भन्छन् भारतको नारायण अस्पतालका वरिष्ठ परामर्शदाता डा. पंकज बर्मा । व्रतको बेलामा इन्सुलिनको स्तर पनि घट्न सक्छ । शरीरले क्षतिग्रस्त भएका कोषहरूलाई हटाउने प्रक्रिया अर्थात् अटोफागी तीव्र हुन थाल्छ । यसले सेल्युलर हेल्थलाई पनि लाभ हुने डा. बर्माको भनाई छ ।

    लगातार ७२ घण्टासम्म अन्न नखाई बस्दा व्यक्तिको शरीरबाट ७ हजार क्यालोरी कम हुन्छ । यो भनेको २ पाउन्ड बोसो घटे बराबर हो । तर लामो समयसम्म ७२ घन्टे व्रत बस्दा यसले तौलमा उल्टो असर गर्न सक्छ । अनि घट्नुको सट्टा उल्टै तौल बढ्न पनि सक्छ । त्यसैले यो बेलामा पर्याप्तमा पानी, इलेक्ट्रोलाइट, भिटामिन, मिनरल खानु पर्ने डाक्टरहरू बताउँछन् । तर यसरी लामो समयसम्म भोको बस्नुको बेफाइदा पनि छन् । शरीरमा पोषक तत्त्वको अभाव भएर समग्र स्वास्थ्यमा नै नकारात्मक असर पर्न सक्छ । शरीरले ऊर्जाको वैकल्पिक स्रोत खोज्ने भएकोले यसको असर मांसपेशीमा देखिन थाल्छ । जल वियोजन हुन सक्छ । यस्तो व्रत बस्दा पर्याप्त मात्रामा पानीको सेवन गर्नु जरुरी छ । यस्तो खालको व्रत खतरनाक हुन्छ ।

    यति बेला शरीर मेटाबोलिज्मबाट किटोन्सको अवस्थामा जान्छ । विज्ञहरूको निगरानी बिना गर्दा यो झन् घातक बन्न सक्छ । यसमा जलवियोजन पनि देखियो भने मिर्गौलामा अपूरणीय क्षति हुन सक्छ । हाइपोटेन्सन र एरिदमियस हुन सक्छ । शरीरमा सोडियम, क्याल्सियम, म्याग्नेसियम जस्ता आवश्यक तत्त्वको अभाव आदि समस्या देखिन सक्छ । व्यक्तिपिच्छे तीन दिनसम्म लगातार व्रतको अनुभव फरक फरक हुन सक्छ । तर मधुमेहका रोगीले यस्तो खालको व्रत बस्नै हुन्न । इन्टरमिटेन्ट फाष्टिङको स्वास्थ्य लाभहरू पनि छन् । तर लामो समयसम्म अन्न नखाई कन बस्दा विशेष सावधानी अपनाउन अनि पेसाकर्मी वा विज्ञहरूको निगरानीमा मात्रै यस्तो व्रत बस्न डाक्टरहरू सुझाव दिन्छन् । उपर्युक्त व्यक्तिको निगरानीमा यस्तो व्रत बस्दा भने क्यान्सर, हर्ट फेलियर, पार्किन्सन्स÷अल्जाइमर्स र मस्तिष्कमा देखिने अन्य समस्याहरूको रोकथाममा सहयोग मिल्ने पनि देखिएको छ ।

    यस्तो खालको व्रतले शरीरमा खराब खालको ब्याक्टेरियाको स्तर घटाउँछ भने असल ब्याक्टेरियालाई बढाउँछ । निश्चित अवधिसम्म भोको रहँदा कलेजोको इन्जाइमलाई पनि सुधार्न सकिन्छ । तर यस्तो खालको व्रत बस्नु अघि विशेष गरी पहिला देखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूले भने डाक्टरहरूको सल्लाह लिनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑