• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौँडामा बन्यो पाउडर दुध उत्पादन उद्योग

  • वीरगंज संजाल
  • ९ मंसिर २०८०, शनिबार १७:३५
  • ११७३

    मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो । किसानले उत्पादन गरेको दुध विभिन्न कारणले सडकमा फाल्नुपर्ने समस्या झेल्दै आएको बखत प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको थियो । एक वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माण गरिएको हो ।

    पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौँले निर्माण सम्झौता गरी निर्माणको शिलान्यास गरिएको उक्त उद्योगको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकार मातहतको दुग्ध विकास आयोजनाको पशु आहार उत्पादन उद्योगको २ बिघा क्षेत्रफलमा जग्गामा पाउडर प्लान्ट स्थापना गरिएको हो । हाल उद्योगमा जडान गरिएको मेसिनरी औजार तथा उपकरण परीक्षणको काम भइरहेको छ भने भौतिक संरचना निर्माण लगायतको काम लगभग सकिएको छ । उद्योग परिसरलाई व्यवस्थित गर्ने र चिस्यान केन्द्र (कोल्ड रुम) सञ्चालनको काम मात्र बाँकी छ ।

    किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम गर्न भने बाँकी नै छ । आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा पानीको प्रयोगबाट परीक्षण थालिएको उद्योग निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले जानकारी दिए । उनले केही दिनमै धुलो दुध उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्ने बताए ।

    Nabil bank
    बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो उद्योगको लागत बढेर ४७ करोड पुगेको छ । प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दुध संकलन गरी प्रशोधन गरेर पाउडर दुधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

    दैनिक ५ मेट्रिक टन पाउडर दुध उत्पादन गरिने

    उक्त पाउडर प्लान्ट सञ्चालन भएसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दुध खपत गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका कृषकले उत्पादन गरेको दुधलाई खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।

    पाउडर प्लान्ट सञ्चालनका लागि कोशी प्रदेशको सुनसरी, धरान, झापा, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट दुध आयात गरिने जनाइएको छ ।

    उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने कृषकहरूबाट दैनिक ६० हजार लिटर दुध खरिद गरिने जनाइएको छ ।

    कृषकले उत्पादन गरेको दुधबाट दैनिक ५ मेट्रिक टन पाउडर दुध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दुध सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट बिक्री वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्लान्ट सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने बताइएको छ ।

    सरकारसँग छैन सञ्चालनको योजना

    उद्योग स्थापनाको अन्तिम चरणमा पुगे पनि हालसम्म सञ्चालनको विषयमा सरकारले कुनै औपचारिक छलफल अघि बढाएको छैन । उद्योग सञ्चालनको योजना न मन्त्रालयले बनाएको छ, न त दुग्ध विकास बोर्डले नै बनाएको छ ।

    निर्माण कार्य सकिने अवस्थामा पनि उद्योगका लागि चाहिने जनशक्ति, लागत रकम, सञ्चालनको मोडल लगागतका विषयमा प्रदेश सरकारका निकायहरू निर्णय विहीन अवस्थामा छन् ।

    प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले उद्योग निर्माणको काम अन्तिम चरणमा पुगे पनि हस्तान्तरणको काम भने बाँकी नै रहेको बताए । उद्योग निर्माण पक्षले भौतिक काम र सामान्य परीक्षण थाले पनि धुलो दुध उत्पादन परीक्षण गर्न र हस्तान्तरणको काम बाँकी नै रहेकाले उद्योगबाट तत्कालै उत्पादन थालिहाल्ने अवस्था नरहेको उनले बताए ।

    उनका अनुसार उद्योग सञ्चालनका सम्बन्धमा प्रदेश सरकारले ठोस योजना निर्माण नगरे पनि अनौपचारिक रुपमा छलफल भएको र केही मोडलका विषयमा निर्णय गरेर अघि बढ्न सक्ने अवस्था छ ।

    ‘उद्योगको मुख्य भागको काम पूरा भएको देखिन्छ । अन्य केही काम अझै बाँकी नै छ । उद्योग स्थापना भएरमात्रै हुँदैन । गुणस्तरीय उत्पादन परीक्षण पनि महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘धुलो दुध उत्पादन परीक्षणको काम बाँकी नै छ । सबै काम सकेर निर्माण कम्पनीले उद्योग बोर्डलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि मात्रै उद्योग सञ्चालन तर्फ हामीले अघि बढ्छौँ ।’

    सहकारी संस्था, निजी क्षेत्र र सरकारको प्रत्यक्ष संलग्नता तथा साझेदारीमा उद्योग सञ्चालनको मोडल तयार पार्ने विषयमा बोर्डमा छलफल भइरहेको उपाध्यक्ष सापकोटाले बताए । तत्कालको अवस्थामा दुग्ध विकास संस्थानलाई नै उद्योग चलाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । उनले उद्योग सञ्चालनको मोडालिटी र जनशक्ति व्यवस्थापनको विषयमा आवश्यक छलफलपछि सरकारले निर्णय गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑