• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    पर्साको ग्रामिण भेगमा लागुऔषध सेवनकर्ताको संख्या दिनहुँ बढ्दै,

  • वीरगंज संजाल
  • ९ मंसिर २०८०, शनिबार ११:२९
  • २१०५

    वीरगंज । पर्साको ग्रामीण भेगका नयाँ पुस्ता लागुऔषध सेवनको दलदलमा फस्दै गएको डरलाग्दो तथ्यांक पाइएको छ । ग्रामिण भेगका नयाँ पुस्ताका अधिकांश युवाहरुमा लागुऔषध गाँजा, चरेससहित विभिन्न खाले ट्याब्लेट तथा नशा लाग्ने ‘इन्जेक्सन’ समेतको सेवनमा लागेको ग्रामिण भेगका प्रहरी यूनिटहरुको विश्लेषण छ । ग्रामिण भेगका प्रहरी यूनिटको विश्लेषणमा अझ डरलाग्दो तथ्यांक के पाइएको छ भने गाउँगाउँमा लागुऔषधको सेवन केवल प्राथमिक तहको विद्यालयमा जाने विद्यार्थीहरुले गरिरहेका छन् । जसका कारण प्रहरीको यो विश्लेषण जिल्लाको लागि चिन्ताको विषय मात्र बनेको छैन, प्रहरीको लागि टाउँको दुखाइको विषय नै बनेको छ । जिल्ला बाहिरका प्रहरी यूनिटलाई किन टाउँको दुखाइको विषय बनेको छ भने नयाँ ‘जेनेरसन’का युवाहरु लागुऔषधको सेवन गरेपछि अनैतिक तथा अपराधिक क्रियाकलापमा बढी संलग्नता जनाउने गरेको देखिन्छ ।

    जसबाट समाजमा अपराध मात्र मौलाइरहेको छैन, युवा पुस्ताको भविष्य कता जादैँछ भनेर चिन्ताको विषय नै बनिरहेको छ ।
    प्रहरीका अनुसार यतिमात्रै होइन लागुऔषध सेवनकर्ताहरुको अकालमै थुप्रैको ज्यान गइरहेको छ । लागुऔषधको सेवन गरेर सवारी चलाउँदा दुर्घटना पनि उत्तिकै भइरहेको छ, जसकाकारण कतिजनाको त अकालमै मृत्यु भइरहेको छ । प्रहरीको विश्लेषण मात्रै होइन लागुऔषध ओसारपसार तथा सेवन गरेर थुप्रै नयाँ पुस्ताका युवाहरु प्रहरी हिरासतमा छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली गएको ३ महिनामा ३० जनालाई २४ घण्टा आफ्नो नियन्त्रणमा राखी सम्झाएर फर्काएको बताएको छ । यतिमात्र होइन पहिलो पटक लागुऔषध सेवन गरेको ५० जनालाइ त चेतावनी दिएर नै छाँडिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख राजाराम केसरी बताउँछन् । उनका अनुसार यही ३ महिनाको अवधिमा २३ जना विरुद्ध लागुऔषध सम्बन्धि कसूरमा मुद्दा पनि चलाइएको छ ।

    पटेर्वासुगौलीमा मात्रै नभइ इलाका प्रहरी कार्यालय पोखरियाको एरियामा पनि उस्तै समस्या छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहनबिक्रम केसीका अनुसार लागुऔषध ओसारपसारमा युवा पुस्ताको संलग्नता बढी रहेको स्वीकार छन् । तर त्यसको बाबजुद पनि प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित संलग्नहरुलाई पक्राउ गर्न प्रहरी कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । यो कुराको पुष्टि प्रहरीबाट मात्रै नभइ गाउँपालिकाका वडाअध्यक्षहरुको प्रतिक्रियाबाट पनि भइरहेको छ । ठोरी गाउँपालिका वडा नम्बर– ५ का भिमबहादुर पाख्रिनका अनुसार पालिकाका अधिकांश युवाहरु लागुऔषध दुव्र्यसनीको दलदलमा फस्दै गएका छन् । यो विकृती शहरबाट पछिल्लो समय गाउँमा पसेको उनको बुझाइ छ । ग्रामिण भेगमा दिनप्रति दिन लागुऔषधको सेवनकर्ताको संख्या बढ्दै गएको छ । जिल्लाको पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगमा पर्ने केहि वडाहरुमा लागुऔषध सेवनकर्ताको संख्यामा वृद्धि भइरहेको ग्रामिण भेगका प्रहरी यूनिटहरुको आंकलन छ ।

    लागुऔषधको सेवन तथा यसको ओसारपसार नियन्त्रण गर्न स्थानीय सरकारले कुनै चासो नदिएका कारण यो समस्या विकराल रुप लिँदै गएको प्रहरी विश्लेषण छ । यसको नियन्त्रणका लागि तत्कालै हरेक गाउँगाउँमा लागुऔषध विरुद्ध चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने एकदम जरुरी रहेको प्रहरी सुझाव छ । रेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑