• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यातना पाएरभन्दा गोली खाएर मर्ने निर्णय गरेपछि…

  • वीरगंज संजाल
  • ८ मंसिर २०८०, शुक्रबार १२:५७
  • १६४९

    गुडिरहेको बस अकस्मात रोकियो । केही प्रहरी छिरेर खानतलासी गर्न थालेँ । प्रहरीले यात्रुका झोला खोलेरै छामछुम गरिरहेका थिए । म झसङ्ग भएँ । मेरो ध्यान आफूले बोकेको पेस्तोलमा गयो । पेस्तोलका कारण सबै साथीहरु गिरफ्तार पर्न सक्थ्यौँ । गिरफ्तारपछि यातना, हत्या र बेपत्ता जे पनि हुन सक्थ्यो, भइरहेकै थियो ।

    एउटा प्रहरी मेरो सामु आइपुग्यो । मैले सानो प्लास्टिकको झोलामा सेन्डो र पेन्टीभित्र पेस्तोल लुकाएको थिएँ । आफूलाई सम्हाल्दै र प्लास्टिकभित्रको कपडा देखाउँदै मैले भनेँ, ‘सर ! यही कपडा हो । के हेर्ने !’
    पेन्टी र सेन्डो देखेपछि हेरेर मात्रै जान्छ भन्ने मेरो आकलन थियो ।

    ‘होइन के हेर्नु भाइ ! यसो छामौँ न,’ भन्दै प्रहरीले पोकोलाई हातले छाम्यो । झसङ्ग हुँदै एक शब्द नबोली पेस्तोलसहितको पोको हातमा लिएर गाडीबाट तल झ¥यो । मैले साथीहरू भएतिर आँखा डुलाएँ । साथीहरू मलाई हेर्दै मुखामुख गर्दै थिए ।

    CG foods
    निश्चित भयो— म गिरफ्तार हुने भएँ । हतियार त जोगाउन सकिनँ । अब साथीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता थपियो । के गर्ने, कसो गर्ने भनी अलमलमा थिएँ । सरासर त्यही पुलिसको पछिपछि बसको ढोकाबाट बाहिर निस्किएँ । पेस्तोल लिएर जाने पुलिसले बाहिर भएका पुलिसलाई मलाई पक्रनका लागि इसारा गर्यो । दुई प्रहरीले दुईतिर मेरा पाखुरामा समाते ।

    हामी भरतपोखरीबाट पोखरा जाने बस चढेका थियौँ । कास्कीका ध्रुव अधिकारी (राजन), स्याङ्जा चापाकोटका हिमाल राना (कैलाश), दोलखा काटाकुटीका बद्री खड्का (विप्लव) चितवन खोलेसिमलका बुद्धिप्रसाद पाण्डे (बिगुल) र दारेचोकका सिद्धान्त चेपाङ लगायत आठजना साथीहरू थियौँ । बस खाली–खाली नै थियो, १०–१२ जना अन्य यात्रु थिए । हामी गाडीमा एक–अर्कालाई नचिनेझैँ गरी छरिएर बस्यौँ । सकेसम्म धेरै यात्रु भए हामीलाई छिप्न सजिलो हुन्थ्यो । सहचालकलाई पहिले नै चिनेका कारण आँखाको भाषाले कुरा मिलाई सबै साथीको भाडा मैले दिएँ ।

    बस आफ्नै गतिमा गुडिरहेको थियो । बिहानै हिँडेकाले पानीबाहेक केही पनि खान पाएका थिएनौँ । छिटै पोखरा पुगेर होटलमा खाना खाएर पार्टी संगठनले दिएको काममा जाने योजना थियो । भोको पेट कच्ची बाटोमा बसले हल्लाउ“दा सबै आलस्य र थकित मुद्रामा थियौँ । बस कच्ची बाटो पार गरी पोखरा एयरपोर्ट पछाडि रातापैरो भन्ने स्थानमा आइपुगेको थियो ।

    एक भ्यान प्रहरी बाटो छेकेर बसेको रहेछ । त्यस भूगोलमा पहिला कहिले पनि प्रहरी चेकिङ भएको थाहा थिएन । यद्यपि संकटकालको समय, कतिखेर कहाँ चेकिङ हुन्छ भन्ने थाहा हुँदैनथ्यो । यस्ता चेकिङका क्रममा निर्दोष नागरिक पनि गिरफ्तार हुन सक्थे । गिरफ्तारपछि यातना दिने, हत्या गर्ने र बेपत्ता पार्नेसम्मका घटना हुन सक्थे । यस्ता घटना सरकारी सेना र प्रहरीबाहेक कसैलाई जानकारी हुँदैनथ्यो ।

    पेस्तोललाई मैले सुरुमा गोडामा निक्याप लगाएर त्यसैमा राखेको थिएँ । निक्याप सानो भएर दुखाएका कारण कसैले थाहा नपाउने गरी पेस्तोल झिकेर साथमा रहेको प्लास्टिकको थैलोभित्र राखेको थिएँ । प्रहरीलाई देखेपछि गल्ती गरेँछु कि भन्ने पनि लाग्यो । गोडामै भएको भए प्रहरीले देख्दैनथ्यो कि ! त्यसो त प्रहरीले यात्रुका शरीरमा नियालेर हेरेका र छामछुम गरेका पनि थिए ।

    ‘सर ! त्यो त कडा पो रैछ । कसरी पछारेर भाग्यो ? यस्तो माओवादी त मैले अहिलेसम्म देखेको थिइनँ । कमान्डर रहेछ कि क्या हो ?’ उसलाई झपार्दै अर्काे करायो– ‘चुप लाग् ! यतै कतै लुकेर बसेको होला, फेरि झम्टिन आइपुग्ला !’
    पक्राउ परेपछि दायाँ बायाँ हेरेँ । गाडीको झ्यालबाट साथीहरू अ“ध्यारो र निन्याउरो अनुहार लगाउँदै मलाई हेर्दै थिए । पहिले गिरफ्तारीमा परेका साथीहरूले सुनाएका थिए– कस्टडीमा कहालीलाग्दो यातना भोग्नुपर्छ ।

    यातनाको झट्का मेरो शरीरमा सञ्चार भएर आयो । सोचेँ– यिनीहरूले मलाई गिरफ्तार गरेर लगे भने अत्यधिक यातना दिएर मार्छन् । मारेनन् भने बेपत्ता पार्छन् । अत्यधिक यातना पाएर मर्नु वा बेपत्ता हुनुभन्दा यहा“बाट फुत्केर भाग्छु । लखेट्दै आउने क्रममा गोली ठोकेर मार्छन् । मर्ने नै भएपछि यातनाले मर्नुभन्दा सिधै गोली खाएर मर्नु ठीक हो ।

    मलाई दायाँ–बायाँ समात्ने पुलिसलाई धकेलेर हुत्याइदिए“ र सकेको बल निकालेर अगाडि दौडिएँ । उनीहरू नभाग नभाग भन्दै चिच्याउँदै कराउँदै थिए । केही समयपछि फायर गरे । सायद उनीहरूले मेरो खुट्टामा ताकेर केही राउन्ड गोली चलाएका थिए । भाग्दै गर्दा मेरो अगाडि रहेको ढुंगामा गोली लाग्यो र उछिट्टिएको ढुंगाको टुक्राले मलाई लाग्यो ।

    बाँच्ने झिनो आशाले सकेको बल निकालेर म भागिरहेँ । कच्ची रोड कटेर आँखा हस्पिटलपछाडि रहेको खेतको फाँटतिर बढ्दै जाँदा मेरोअगाडि एउटा सानो गोरेटो बाटो आयो । हतारमा म गोरेटो बाटो पछ्याउँदै अघि बढेँ । एउटा घरको आँगनमा पुगेर बाटो टुङ्गियो । अगाडि खेतको ठुलो फाँट देखेँ । कता जाउ“, के गरौँ सोच्दै थिए“ । मेरो पछिपछि प्रहरीहरू ‘चोर चोर समात् !’ भन्दै आइरहेका थिए । प्रहरीले ‘चोर चोर’ भनेको सुनेर त्यस घरका पुरुष मलाई समात्न तम्सिए ।

    ‘खबरदार ! मलाई समात्लास्, म माओवादीको कार्यकर्ता हुँ !’ मैले हडबडाउँदै भनेँ । उनले पनि सानो स्वरमा भने, ‘भाग भाग खेतैखेत सिधै जाउ ।’ ती अपरिचित न्यायप्रेमी दाजुले मेरो मनोबल थप बढाइदिए ।

    नाङ्गो खुट्टा कहिले खेतको आली, कहिले खेतैखेत हुँदै म भागिरहेको थिएँ । घरी चिप्लिएर लड्थेँ । ६–७ वटा गरा पार गर्दा धान माड्दै र हल्लाउ“दै, पानी धमिल्याउँदै भागेको थिएँ । निहुरिएर हिँड्दा भने दाना हालिसकेको धानले मलाई छेल्थ्यो । अलिकति निहुरिएर दायाँ बायाँ हेरेँ– पुलिसले खेतको फाँटलाई घेरा हालिसकेको रहेछ । मेरो मनमा झट्ट आयो, ‘आत्तिएर दौडिनुभन्दा क्यामोफ्लाइजकोे युद्धकला प्रयोग गर्दा बाँच्न सक्छु ।

    त्यसपछि म कतै पनि आफ्नो पद छाप नछोडी पुरै क्यामोफ्लज हुँदै २० मिटर जति अगाडि बढेँ र एउटा ठूलो खेतको गराको बिचमा गएर हिलोमा भासिएर बसेँ । प्रहरीहरू जनताको धान खेतलाई परेड स्थलझैँ बनाउँदै मेरो पिछा गरिरहेका थिए । परिस्थिति अनिश्चित थियो । मैले थोरै मात्रै पनि धैर्यता गुमाएँ भने जीवनको समाप्ति नजिकै थियो ।

    भेटे भने ‘तैँले हामीलाई धेरै दुःख दिइस्, भोकभोकै दिनभरि हिलो खेतमा डुलाइस्’ भनेर पक्कै पनि कुटीकुटी मार्छन् । मनमा यस्तै कुरा खेलिरहेका थिए । आफ्नै परिवारलाई नभेटेको एक वर्ष जति भएको थियो । घरका बा–आमा, दाजुभाइ र गाउँका साथीहरूको याद आयो । एउटै थालमा खाना खाएका ती सहयोद्धा, जो मोर्चामा ढलेका थिए, उनीहरुले सुम्पेको जिम्मेवारीलाई सम्झिएँ । जनताले माओवादी पार्टीसँग गरेको अपेक्षालाई सम्झिएँ । सबैले मलाई कायर हुन होइन, बलिदान हुन प्रेरित गरे ।

    पार्टीको योजनालाई गोप्य राख्न मृत्युलाई सहर्ष स्विकार्नुको विकल्प थिएन, यही मेरो कर्तव्य हो भन्ने अन्तिम निष्कर्ष निकालेँ । साथमा ३०–३५ हजार रुपैयाँ र एउटा पेजर थियो । केही गरी मलाई भेटे भने पेजरमा भएको मोबाइल नम्बरमार्फत पार्टी नेतृत्वसम्म पुग्न सक्छन् । पैसा र पेजरलाई गोडामा लगाएको मसल क्यापमा हालेर धान खेतको हिलोमा घुसारेँ । मनमा डर पैदा हुँदा पिसाब पनि धेरै लाग्दो रहेछ । कहाँ जाने वरिपरि कालले घेरा हालेर बसेको छ । बसेकै ठाउँमा कपडा पनि नखोली बसी–बसी पिसाब फेरेँ । पानी तिर्खा लाग्दा पिसाब फेरेको खेतको पानी खाएँ ।

    पोखराजस्तो ठाउ“मा प्रहरीले खेतको गरा–गरा, कान्ला–कान्ला खोज्न सक्थ्यो । माथि आकाशबाट हेलिकप्टर ल्याएर पनि हेर्न सक्थ्यो । त्यसैले धानले बेरिएर बसेँ । दुई घन्टाजस्तो भएको थियो । मेरा पदचाप पहिल्याउँदै प्रहरी म भएतिर आइपुग्यो ।
    एउटा प्रहरी करायो, ‘सर ! पानी धमिल्याउँदै यहा“सम्म आएको डोब रहेछ ।’

    उसलाई अर्कोले आदेश दियो, ‘ख्याल गरेर हेर ! कतै यतै बसेको होला ।’ अर्कोले भन्यो– ‘सर ! त्यो त कडा पो रैछ । कसरी पछारेर भाग्यो ? यस्तो माओवादी त मैले अहिलेसम्म देखेको थिइनँ । कमान्डर रहेछ कि क्या हो ?’

    उसलाई झपार्दै अर्काे करायो– ‘चुप लाग् ! यतै कतै लुकेर बसेको होला, फेरि झम्टिन आइपुग्ला !’ खेतको गराको बिचमा बसेर मैले सबै सुनिरहेको थिएँ । मनमनै सोचेँ– डर मलाई भन्दा पनि यिनीहरूलाई बढी लागेको रहेछ ।

    केहीबेर उनीहरु यताउता भौँतारिए । केहीबेरपछि फाइरिङको आवाज आयो । मलाई ताकेरै ठोक्यो कि भन्ने लागेको थियो, होइन रहेछ । यतै कतै भए तर्सेर भाग्ला भनेर त्यसो गरेका रहेछन् । म अचल भई बसेको थिएँ । केही क्षणपछि कुनै चहल–पहल सुनिएन । दिनभर हिलो खेतमा गडेर बसिरहेँ । बिहानदेखि भोकभोकै भए पनि भोकको अनुभूति भएको थिएन । डरका अगाडि भोक पनि भाग्दो रहेछ । ज्यान बच्यो भन्ने भएपछि भोकको अनुभूति भयो ।

    कतै टाढाबाट लुकेर हेर्दै बसेका पनि हुन सक्छन् । उठेर हिँड्ने आँट आएन । धान दुधिलो भएको रहेछ । त्यही दुधिलो धान चपाउँदै थुक्दै गरेँ, करिब आधा माना जति चपाएँ हुँला । अँध्यारोले छोपेपछि खेतबाट निस्किएँ । म सम्पर्कमा पुग्दा सबै साथीहरू मलाई खोज्न जानेबारे छलफल गर्दै हुनुहुँदोरहेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑