• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तस्करबाट बरामद ६ सय १४ केजी रक्तचन्दन भीआईपीको शव जलाउन प्रयोग

  • वीरगंज संजाल
  • ६ मंसिर २०८०, बुधबार १५:४७
  • २००९

    काठमाडौँ । बबरमहलस्थित वन तथा भू–संरक्षण विभाग परिसरमा तस्करबाट बरामद भएको २ ट्रक रक्तचन्दन अलपत्र अवस्थामा रहेको वर्षौँ भइसकेको छ । उक्त रक्तचन्दन लोड भएको गाडीको सुरक्षाका लागि सशस्त्र प्रहरीको पोस्ट नै खडा गरिएको छ, जहाँ झन्डै २ दर्जन सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् ।

    देशभर १५ वर्षभन्दा अगाडिदेखि तस्करहरूबाट बरामद गरिएको २ लाख ११ हजार ५४ किलो रक्तचन्दन अलपत्र अवस्थामा छ । वन तथा भू–संरक्षण विभागका अनुसार विभिन्न मितिमा गरी २ लाख ६७ हजार ९ सय ६१ केजी रक्तचन्दन बरामद भएको थियो । विभिन्न २० जिल्लामा यो परिमाणमा रक्तचन्दन बरामद गरिएको विभागको भनाइ छ ।

    भारतबाट नेपालको बाटो हुँदै चीन तस्करी गर्ने क्रममा तस्करहरूबाट करोडौँ मूल्य पर्ने रक्तचन्दन बरामद गरिएको थियो । केही अदालतमा मुद्दा परेर विचाराधीन अवस्थामा रहेको र अरु भारतले फिर्ता लैजान चासो नदिएका कारण ठुलो परिमाणको रक्तचन्दन अलपत्र परेको हो । बरामद रक्तचन्दन काठ काठमाडौँमा वन विभाग, ललितपुर, भक्तपुर, चितवन, सर्लाही, सप्तरी, झापा, नवलपरासी लगायतका २० जिल्लाका वन कार्यालयमा राखिएको छ ।

    कानुनमा दुर्लभ वन पैदावार, वनस्पति जुन देशबाट तस्करी भएर आएको हो, त्यही देशमा पठाउनुपर्ने नियम रहेकाले भारत फिर्ता पठाउन सरकारलाई आग्रह गरिएको र भारतले केही परिमाणमा फिर्ता लगे पनि ठुलो परिमाणको रक्तचन्दन अलपत्र अवस्थामा रहेको विभागकी सूचना अधिकारी सवनम पाठकले रातोपाटीलाई जानकारी दिइन् ।

    दुर्लभ तथा सङ्कटापन्न वनस्पति तथा जीवजन्तुका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) मा बरामद त्यस्ता सामग्री जुन देशबाट तस्करी भएर आएको हो, त्यही देशमा फिर्ता पठाउनुपर्ने व्यवस्था छ ।

    विभागको तथ्याङ्क अनुसार हालसम्म भारतले ३६ हजार ९ सय २८ केजी रक्तचन्दन काठ फिर्ता लगेको छ । तर भारतले समयमा फिर्ता नलैजाँदा ठुलो परिमाणको काठ अलपत्र अवस्थामा रहेको हो ।

    भीआईपीको चिताका लागि ६ सय १४ किलो रक्तचन्दन प्रयोग

    दिवंगत पूर्व प्रधानमन्त्रीदेखि अन्य उच्च पदाधिकारीको शव जलाउनका लागि पनि ठुलो परिमाणमा रक्तचन्दन काठ प्रयोग गरिएको छ । हालसम्म ६ सय १४ केजी रक्तचन्दन काठ भीआईपीको मृत्युका बेला चिता बनाउन प्रयोग भएको सूचना अधिकारी पाठकले जानकारी दिइन् ।

    उनले भनिन्, ‘वन विभागले शव जलाउनका लागि भनेर रक्तचन्दन दिएको हैन, यो मन्त्रिपरिषद्बाटै निर्णय भएर आउँछ । त्यसैको आधारमा विभागले उपलब्ध गराउने हो ।’

    यस्तै १९ हजार ३ सय २४ केजी रक्तचन्दन हराएको छ । रक्तचन्दनको काठबाट तेल निकाल्ने परीक्षणका लागि ४० केजी प्रयोग भएको छ । परीक्षणका क्रममा पर्याप्त तेल नआएकाले झन्डै १ हजार किलो परीक्षणका लागि प्रयोग गर्नेबारे छलफल समेत भएको छ ।

    विभागका अनुसार अब देशभरका विभिन्न वन कार्यालयहरूमा २ लाख ११ हजार ५४ केजी रक्तचन्दन काठ बाँकी छ । अलपत्र परेको यो रक्तचन्दनको सुरक्षाका लागि ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी तथा वन रक्षक परिचालन गरिएको छ । वर्षौँदेखि करोडौँ मूल्यको रक्तचन्दन अलपत्र अवस्थामा रहँदा त्यसको गुणस्तरमा क्षति पुगेको छ नै, अर्कोतिर सुरक्षा खर्च पनि बढाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑