• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घडिअर्वा छठ घाटको ७५ प्रतिशत तयारी पूरा : १६ लाख सजावटमा खर्च, निगरानीका लागि १६ वटा सिसिटिभि

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८०, बिहीबार १५:५९
  • १७५३

    वीरगञ्ज । दीपावली सकिए लगत्तै अहिले मधेश प्रदेशमा छठ मनाउन तयारी भइरहेको छ । तराईको ठूलो पर्व छठ भएको हुनाले यहाँ विशेषरुपमा नै छठ पर्व मनाउने गरिन्छ । तिथि अनुसार यही ३ मंसिरमा छठ पर्व परेको छ । अर्थात् आजदेखि ४ दिन मात्रै बाँकी छ छठको । मुखैमा छठ पर्व आइसकेकोले त्यसको तयारीमा अहिले सबै जुटेका छन् । छठका लागि पुजन सामग्रीदेखि लिएर नयाँनयाँ कपडा, लत्तासहित आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको छ भने छठ घाट सजाउने काममा तिव्रता दिइएको छ ।

    छठ व्रतालुहरुसहित छठ घाटमा पुग्ने सबैको सहजताको लागि अहिले घाटहरु श्रृङ्गारिदै छ, त्यो पनि एउटा दुलहीलाई श्रृङ्गारिएको भन्दा पनि राम्रो । वीरगञ्जमा मुख्य गरी घडिअर्वा पोखरी, नगवा पोखरी, श्रीपुर पोखरी, आदर्शनगर रंगशालाको स्वीमिङ्ग पुल, सरीसवा नदीको घाटसहितका नदी तथा तलाउमा अहिले सरसफाइ तथा सजाउने काम चलिरहेको छ । वीरगञ्जमा सबै भन्दा बढी घडिअर्वा पोखरीको छठ घाट सबैको आकर्षणको केन्द्रबिन्दू बन्ने गरेको छ । कारण–अन्य घाटको तुलनामा यो छठ घाटलाई विशेष बनाइन्छ, पूर्णरुपमा श्रृङ्गारिन्छ ।यसकारण यो छठ घाट सबैको रोजाइमा पर्ने गरेको छ ।
    जानौं यो छठ घाटको तयारी कहाँसम्म पुगेको छ ।

    घडिअर्वा पोखरीको छठ बीरगन्जको मुटुमा पर्छ । त्यसकारण अन्य घाटको तुलनामा यहाँ बढी व्रतालुहरुको आउने गर्छन् ।
    छठ व्यवस्थापन समितिका अनुसार यो घाटमा व्रतालुहरु मात्रै दश हजार अट्ने क्षमता छ । व्रतालुबाहेक दर्शनार्थीहरु भने लाखौंमा घुम्न आउँछन् । त्यसकारण यो घाटको सजावट र अन्य बन्दोबस्ती पनि त्यहीँ बमोजिम गरिएको समितिले जनाएको छ ।
    घडिअर्वा पोखरी छठ घाट तयारीको काम लगभग सकिन लागेको व्यवस्थापन समितिको भनाइ छ । घाट सजावटको काम लगभग ७५ प्रतिशत भइसकेको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले जनाए ।

    उनका अनुसार अहिलेसम्म घाटमा टेन्ट लगाउने काम, रंगरोगनसहितका कामहरु भइसकेको र केही कामहरु भने अन्तिम चरणमा रहेको छ । ४ वटै गेटको सजावट, झालर बत्तीसहित केही प्रतिशत सजावटको काम मात्रै बाँकी रहेको व्यवस्थापन समिति अध्यक्ष कानुको भनाइ छ ।
    घडिअर्वा घाटको सजावटमा १६ लाख खर्चिदैँ घडिअर्वा पोखरी छठको सजावटमा यो वर्ष पनि ठूलै खर्च भइरहेको छ । व्यवस्थापनका अनुसार घडिअर्वा छठ घाटको सजावटमा मात्रै यो वर्ष १६ लाखको हाराहारीमा खर्च भइरहेको छ ।

    व्रतालुहरुलाई पर्व मनाउन कुनै किसिमको समस्या नआओस भन्ने हेतुले हरेक पक्षमा उतकृष्ट व्यवस्थापन गरिएको समितिका अध्यक्ष कानुको भनाइ छ । १६ वटा सिसिटिभि क्यामेरा जडान
    अन्य घाटको तुलनामा घडिअर्वा घाटमा धेरै भीडभाड हुने गरेको छ । यसैलाई मध्यनजर गरेर घडिअर्वा घाटको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । सबैको सुरक्षाका लागि प्रहरी चेकिङदेखि लिएर सबै गेट र भित्र सिसिटिभि क्यामेरा जडान गरिएको छ । समितिका अनुसार घडिअर्वा पोखरीमा १६ वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।

    सबै जनाको निगरानीको लागि हरेक ठाउँमा सिसिटिभि क्यामेरा जडान गरिएको अध्यक्ष कानु बताउँछन् । छठको दिन घडिअर्वाको सबै गेट खुल्ला राखिने आयोजक समितिले जनाएको छ । छठको रौनक सुरु यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ । अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ ।
    छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।

    खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ ।
    यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।
    यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ ।

    अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑