वीरगन्ज । बिनय कुशवाहा । आउँदो मंसिर ५ गते पर्साको पोखरिया नगरपालिकामा नेकपा एमाले केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत तथा भब्य सम्मेलनको तयारी स्वरुप नेकपा एमाले पकहाँमैनपुर गाउपालिका कमिटीको पालिका स्तरीय वैठक सम्पन्न भएको छ ।
बैठकमा पोखरीया नगरपालिकामा हुने सभामा बढी भन्दा बढीको जनसहभागिता गराउने निर्णय भएको छ । प्रथम गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य विजय चौरसियाको प्रमुख आतिथ्यतामा एवं पालिका कमिटी उपाध्यक्ष नवल पटेलको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
पकाहाँमा बसेको बैठकले जसपा पार्टीका नेता हरिनारायण रौनियार लगाएतका नेताहरुलाई मंसिर ५ गते पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि आउने कार्यक्रम रहेको र सो कार्यक्रमलाई सभ्य,भव्य र मर्यादित बनाउने उदेश्यले बैठक राखिएको सदस्य चौरसियाले बताए ।