वीरगंज । वीरगन्जमा विभिन्न जात, धर्म र समुदायकाे सहभागीतामा `सामुहिक भाईटीका´ मनाइएकाे छ। बुधबार यमपञ्चककाे अन्तिम दिन वीरगन्ज महानगरपालिकाकाे प्रायोजन तथा न्यूज २४ टेलिभिजनको आयाेजनमा ‘सामुहिक भाईटिका’ मनाइएको हाे । आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा आयाेजित सामुहिक भाईटीका कार्यममा हिन्दु, मुस्लिम,मधेसी, पहाडी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला भई फरक फरक जाती र समुदायका दिदीबहिनीहरुकाे हातबाट सामुहिक रुपमा भाईटिका लगाएका हुन् ।