वीरगंज । वीरगंजको रानीघाट वडा नम्बर ११ स्थित चौरसिया बुक्स एण्ड जेनरल स्टोरमा आगलागी भएको छ । दिपावलीमा बालेर राखिएको दियोले सल्कीएर आगलागी भएको हो ।
आगलागीबाट किताब, स्टेशनरीका सामानहरु गरि करिब १० लाख रुपैयाँ मुल्य बराबरको क्षती भएको भएको स्टोरका संचालक रामनारायणी प्रसाद चौरसियाले बताउनु भयो ।
चौरसियाका अनुसार बालेर राखिएको दियोबाट आज साँझ करिब ६ः३०कोे समयमा आगलागी भएको हो । आगो फैलिँदा जाँदा आगोको धुवाले आफुहरुलाई थाहा पाए पश्चात सथानिय अस्थायी प्ररही चौकी रानीघाट र स्थानियको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको संचालक चौरसियाले बताउनु भयो ।