• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

  • वीरगंज संजाल
  • २७ कार्तिक २०८०, सोमबार १६:०२
  • १५८१

    वीरगंज । वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा नेपाली आयातकर्ताको कोइला लगायतका डस्टी कार्गो लोडअनलोडमा रोक लागेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह(ड्राइपाेर्ट) हुँदै कोइला बोकेको रेल्वे र्‍याक भित्रिने क्रम बढेको छ ।

    अक्टोबर र नोभेम्बर महिनामा गरी ४ वटा कोइलाको रेल्वे र्‍याक सुक्खा बन्दरगाह नाका हुँदै भित्रिइसकेको छ । यसअघि जुलाई महिनामा पहिलो पटक एक रेल्वे र्‍याक कोइला सुक्खा बन्दरगाहमा भित्रिएको थियो ।

    सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माका अनुसार हालसम्म ५ रेल्वे र्‍याक बन्दरगाह नाका हुँदै आयात भइसकेकोमा त्यसमध्ये २ वटा लतिका कमोडिटिज र ३ वटा शिवम सिमेन्टको रहेको छ । कोइला बोकेको अर्को एक रेल्वे र्‍याक भारतीय रेल्वे र्‍याकमै रहेको उनले बताए ।

    केही नेपाली आयातकर्ताले अझै पनि भारतबाट ट्रकमै कोइला आयात गरिरहेको र यो तुलनात्मकरुपमा महगो विकल्प रहेको शर्मा दाबी गर्छन् । रेलबाट ढुवानी सस्तो र सहज भए पनि यसरी ट्रकबाट कोइला ढुवानी गर्नुको कारण नेपाली आयातकर्ताहरुको आ-आफ्नै निजी समस्या हुन सक्ने उनको बुझाई छ ।

    एक रेल्वे र्‍याकमा ५५ बेगन हुन्छ । समग्रमा एक रेल्वे र्‍याकले ३ हजार ५ सय मेटन कोइला बोक्ने गर्छ । सामान्यतया रक्सौल रेल्वे स्टेशनमा मासिक २० रेल्वे र्‍याक कोइला आयात हुने गर्थ्यो । सबै कोइला प्रायः नेपाली आयातकर्ताकै हुने गर्छ ।

    ३० सेप्टेम्बरयता रक्सौल रेल्वे स्टेशनमा डस्टी कार्गो लोडअनलोड पूर्णरुपले बन्द छ । सन् २०१९ मा भारतको पटना हाइकोर्टले दिएको आदेशको अनुपालन नभएको भन्दै स्थानीयले पुनः पटना हाइकोर्टमा उजुरी दिएपछि पटना हाइकोर्टले पुनः आदेश दिएको हो । कोइला, जिप्सम, फ्लाइएस, स्ल्याग, क्लिंकर लगायतका वस्तु डस्टी कार्गोको श्रेणीमा पर्छन् ।

    रक्सौल रेल्वे स्टेशन वरिपरिका बासिन्दाले गरेको विरोधको कारण करिब ४ वर्षअघि नै रक्सौल रेल्वे स्टेशनमा सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर लोडअनलोड बन्द भइसकेको छ । रक्सौल रेल्वे स्टेशनमा आउने डस्टी कार्गो शतप्रतिशतरुपमा नेपाली आयातकर्ताले आयात गर्ने गरेका छन् ।

    कोइला सिमेन्टको प्रमुख औद्योगिक कच्चा पदार्थ मानिन्छ । यसबाहेक विभिन्न उद्योगमा इन्धनको रुपमा पनि कोइला प्रयोग गरिन्छ ।साभार:ईकान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑