वीरगञ्ज । चक्कु प्रहारबाट घाइते रौतहटका एक जना युवकको मृत्यु भएको छ । गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका – ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो ।
सामान्य विवादमा तिन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उनको आज सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी कार्य जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।
साथै घटनाबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।