• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आकर्षक प्याकिङ्ग गरिएको भाइमसलामा भित्र कुहिएको, बिग्रिएको सामान, सरकार किन गर्दैन अनुगमन ?

  • वीरगंज संजाल
  • २३ कार्तिक २०८०, बिहीबार १५:४३
  • १६८१

    वीरगंज । रुषा थापा । बजारमा तिहारका लागि भाइमसला आउन थालिसकेको छ । तर, व्यापारीहरुले अखाद्य, कुहिएको वा गुणस्तरहीन सामानहरु प्याकिङ्ग गरेर भाइमसलाको रुपमा बेचिरहेका छन् । एकातिर कुहिएको, अखाद्य सामान प्याकिङ्ग गरिएको छ, अर्कोतिर सामानको तौल कम हुँदा मूल्य भने छोइनसक्नु छ । आफुखुशी मनोमानी ढंगले व्यापारीहरुले भाइमसलाको मूल्य तोकेका छन् । व्यापारीहरुले भाइमसला भन्दै कुहिएको, सडेको सामान प्लास्टिकमा प्याक गरेर चर्को मूल्यमा सर्वसाधारणलाई बेच्दा समेत सरकार बजार अनुगमन गर्दैन । प्याक गरेको सामान भएपछि खोलेर हेर्न दिइदैँन । न त तौल नै चेकजाँच गर्न दिइन्छ । व्यापारीले भनेअनुसार सामानको मूल्य तिर्न र समान किन्दा समेत चेकजाँच गर्न नपाउने बाध्य छ सर्वसाधारणलाई । एक सय नपर्ने सामान तीन सयमा बेच्छन् व्यापारीहरु त्यो पनि खान अयोग्य । अहिले भाइमसलामा मात्र होइन मिठाइमा पनि त्यस्तै छ । विभिन्न अखाद्य रंग हालेर मिठाइ बनाइन्छ । मिठाइ बनाउने ठाउँ र बनाउने व्यक्ति दुवै फोहोरी छन् । यता, सडेको, गलेको वा बाँसी मिठाइ बट्टामा प्याक गरेर दुई सय नपर्नेमा पाँच सय लिइन्छ सर्वसाधारणसँग । फेरि त्यस्तो वस्तु खाँदा सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । जीरा, मरमसलाहरुमा पनि यही गरिएको हुन्छ । अहिले जीरा पिसिएको र प्लास्टिकमा प्याक गरिएको आउँछ ।

    तर, त्यो प्लास्टिकमा साँच्चिकैको जीरा हुदैँन । विभिन्न सस्तो र अखाद्य वस्तु पिटेर जीराको नाममा महंगो शुल्क लिएर बेचिएको हुन्छ । एक वर्षअघि चार सय रुपैयाँमा पाइने प्रतिकिलो जीरा अहिले १४ सय पुगेको छ । प्रत्येक खाद्यान्न तथा सामग्रीमा एक सयदेखि १४ सयसम्म बढाएको पाइन्छ । अहिले मानिससँग पैसा नभएपछि मासु पनि बिक्री हुन छोडेको छ । खसी, कुखुरा, रांगा, बंगुरलगायत पशु चौपायाको मासु बिक्री हुन छोडेको छ । व्यापारीहरुले खसीको मासु भनेर बोकाको मासु बेच्ने, रांगाको भनेर भैंसी, बंगुर भनेर सुंगुर र लोकल भनेर बोइलर कुखुराको मासु बेच्ने गरेका छन् । पछिल्लो समय बजारमा मासु किन्नको संख्या हवात्तै घटेको देखिन्छ । मासु पसलमा एक जना देखिदैंन । फेरि मासु पसलहरु पनि सरकारको मापदण्डविपरीत सञ्चालन भएका छन् । मासु पसलमा जाँदा मासु काट्न प्रयोग गरिने सामग्री, मासु पखालेको पानी र मासु काट्ने मान्छे सबै फोहोरी देखिन्छन् । यता, मासुमा तौलमा उपभोक्तालाई ठगिन्छ भने मरेको खसी, बोका, कुखुरा, सुंगुर पनि बिक्रीवितरण गरिन्छ । दही, दूध पसलमा पनि यस्तै छ । गुणस्तरीय भन्दै दूधमा पानी मिसाएर दिइन्छ । दही पनि महंगो मूल्य लिएर खानै नहुने बेचिएको हुन्छ । पनिर पनि कहिल्यैदेखिको बासी बिक्रीवितरण गरिन्छ । दही, दूध पसलमा पनि उपभोक्ताहरुको संख्यामा कमी आएको देखिन्छ । किराना पसलदेखि होलसेल पसल, भाटभटेनी, सुपरमार्केट, बिग मार्केटहरुमा म्याद गुज्रिएको सामानमा नयाँ स्टिकर टाँसेर बिक्रीवितरण गरिएको छ । सामानको मूल्य व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो सर्वसाधारणले त्यति नै तिर्नुपर्ने बाध्यता छ । यसपालिको दशैंमा आर्थिक मन्दीका कारण पशु चौपायाको खपतमा कमी आयो । खसी, बोका, च्याङ्ग्रा, कुखुरालगायत मासुको बिक्रीमा भारी गिरावट आयो ।

    त्यस्तै, मदिराहरुको पनि खासै बिक्री भएन । व्यापारीहरु सर्वसाधारण जनतालाई ठगेको ठग्यै छन् अनि राजनीतिक दलका नेताहरु तीनै व्यापारीसँग चन्दा उठाइरहेका छन् । व्यापारीहरुले सर्वसाधारणलाई त ठगेर कमाए । तर, भनिन्छ नि ठगेर, लुटेर कमाएको सम्पत्ति धेरै दिन टिक्दैँन । त्यसरी नै सर्वसाधारणलाई ठगेर कमाएको पैसा व्यापारीहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए । सँगै कतिपयले सहकारीमा समेत जम्मा गरे । अहिले भने उनीहरुको बेहाल भएको छ । सहकारी भाग्यो त घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छायो । जे व्यक्तिको मासिक आम्दानी तीन हजारदेखि पन्ध्र हजारसम्म हुन्छ । उसले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न सक्दैँन । किनकि त्यो रकमले उसलाई खानै पुग्दैंन । जसले भ्रष्टाचार, कालोबजारी र अरुलाई ठगेर कमाएको थियो हो ती व्यक्तिहरु आज डुबेका छन् । चार हजार कित्तामा किनिएको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था आएको छ । पचास लाखको गाडी लाखमा बिक्दैँन त करोडमा किनेको घडेरी लाखमा जादैंन । भर्खरै जन्मिएको बच्चालाई अरुलाई ठग्ने, लुट्ने भन्ने थाहा हुदैँन । तर, परिवारको अवस्था र समाजले उसलाई चोर्नेदेखि हत्या, हिंसा गर्नेसमेत बनाउँछ । राजनीतिक दलका नेताहरुले अहिले पनि जनतालाई झुक्याएर ठगिरहेका छन् । उनीहरुकै कारण व्यापारीले सामान मूल्य बढाएका छन् । अनि उनीहरु नै मिडियामा व्यापारीको विरोध गरेजस्तो गर्छन् । सर्वसाधारण सामान किन्न जाँदा व्यापारीहरु आफ्नो जिब्रोमा मूल्य लिएर बसेका हुन्छन् । कतिबेला ठग्न पाइन्छ भन्ने उनीहरुको मनसाय हुन्छ । पसलमा न सामानको मूल्यसूची उपभोक्ताले देख्ने गरी राखिएको हुन्छ न त पसल नै सम्बन्धित वडा कार्यालय, नगरपालिकामा दर्ता गरिएको हुन्छ । व्यापारीहरु सुकिलामुकिला भएर बसेका छन् । ग्राहक आउँदा मिठो बोलीबचन गर्छन् अनि ठग्न सुरु गर्छन् । सर्वसाधारणलाई त महंगोमा सामान बेचेर उनीहरु ठग्छन् नै राज्यलाई समेत कर तिदैंनन् । राज्य पनि यस्ता ठगहरुलाई कानूनको दायरामा ल्याउन सक्दैँन ।

    सर्वसाधारण त झन् बोल्ने समेतआँट राख्दैंनन् । मानिससँग अहिले पैसा र रोजगारी दुवै छैन । आर्थिक मन्दीका कारण व्यापारव्यवसाय ठप्प भएको छ । पसलमा दिनभर एउटै ग्राहक छिर्दैन । केही गरी कोही छिरेमा व्यापारीहरु उसलाई ठग्न योजना बनाइहाल्छन् । व्यापारीहरु पनि राजनीतिक दलमा आबद्ध छन् । पार्टीको सदस्यता लिएका छन् भने मासिक वा दिनहुँ रुपमालेबी बुझाउँछन् । सर्वसाधारण जनता बैंकमा कर्जा लिन जाँदा बैंकका कर्मचारीहरु मिठो बोल्छन् । उनीहरु सुगरसफा हुन्छन् । एक करोडको धितो राख्दा ५० लाख कर्जा दिइन्छ । त्यसमा पनि पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क र ब्याज भनिने बेला १६ प्रतिशत भनेपनि ४८ प्रतिशत लिइन्छ । तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाइन्छ । अब भन्नुस् यीनीहरु जनताको सेवा गर्न बसेका हुन् कि ठग्न, लुट्न ? सर्वसाधारणले थाहा नपाएसम्म सहकारीले ठगिरह्यो । जनताले सहकारी ठग, चोर हो भनेर थाहा पाएपछि सहकारीहरु रातारात फरार भए । बचतकर्ताहरुले सहकारीमा राखेको आफ्नो रकम धमाधम निकाले । बैंकको पनि सहकारीझैं हालत हुन लागेको छ । सर्वसाधारणले बैंकमा बचत गर्न छोडेका छन् । भएको बचत समेत निकालिरहेका छन् । चार दशकअघि एक हजार आनामा बिक्री नहुने जग्गा दलाली तथा भूमाफियाहरुले प्लानिङ्ग र खण्डीकरण गरेर आनाकै ७५ लाखसम्म बेचे त्यो पनि दुई वर्षअघि । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सयसम्ममा बेचे । भारतमा एक लाखमा पाइने सवारीसाधन नेपालमा ल्याएर ५० लाखसम्ममा बेचियो । गत साउन ३० गतेको मन्त्रिपरिषद्को बैठकले मुलुकभर जग्गाको कित्ताकाट फुकुवा गप्यो । कित्ताकाट खुलेपनि बजारमा घरजग्गाको किनबेच बढेको छैन । घरजग्गामा लगानी गर्न चाहने कोही छैन । त्यस्तै, सेयरमा लगाएको १२ करोडमा सीमा पनि हटाइयो । तर, सेयरमा पनि लगानी गर्ने कोही छैन । यता, नयाँ गाडी तथा पुरानो गाडीको पनि किनबेचमा गिरावट आएको छ ।

    घरधनीहरु एउटा चिसो, अध्यारो वा दिउँसै बत्ती बाल्नुपर्ने सानो कोठाको मासिक दश हजारदेखि पन्ध्र हजारसम्म असुले । एक फ्रल्याटको ३० हजारदेखि दुई लाख र एउटा सटरको एक लाखदेखि दश लाखसम्म भाडा लिए । तर, अहिले भाडामा बस्ने कोही नभएपछि घरधनीहरु जिल्ल परेका छन् । काठमाडौं उपत्यकाभित्र नै घरहरु धमाधम खाली भएका छन् । तीन वर्षअघि मालपोत र यातायात कार्यालय जाँदा खुट्टा टेक्ने ठाउँ हुदैँन थियो । तर, अहिले यी सरकारी कार्यालय पनि सुनसान छन् । राजनीतिक दलका नेताहरुले पनि जनतालाई नै झुक्याएर ठग्ने हो । जनताले नै तिरेको करमा मोजमस्ती गर्ने हो । सरकार कर्मचारीहरुले पनि जनताले नै तिरेको करबाट तलबभत्ता खाने हो, पोसाक लगाउने हो र पेन्सन खाने हो । तर, जनताले कर उनीहरु छिटोछरितो रुपमा गर्दैनन् । यहाँ एकले अर्कोलाई ठगेको छ, झुक्याएको छ र लुटेको छ । चाँहे त्यो व्यवसाय गर्ने नाममा नै होस् या सेवा दिने नाममा । जनता शिक्षित भए रे, सचेतना आयो रे भनिन्छ । तर, कुनै जनता राजनीतिक दलको झोले भएर बसेका छन् भने कुनै राजावादी । धेरै पढेलेखेकाहरु भने अमेरिका, अस्ट्रेलिया पलायन भएका छन् । अब जनता शिक्षित भए र उनीहरुमा सचेतना भयो भनेर भन्ने कि नभन्ने यो आफैंमा एक अन्योलको विषय बनेको छ । भनिन्छ, बोल्न सक्नेको पिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैंनन् । त्यसरी नै व्यापारीहरुले अखाद्य, गुणस्तरहीन र कम तौल भएको सामान बेचिरहँदा सर्वसाधारण महंगो मूल्य तिरेर सामान बाध्य छन् । अनि कहाँ छ सरकार ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑