• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानाध्यापक रुपेश सरार्फ हत्याकाण्डमा नयाँ मोड, प्रहरीले यसरी फसाए निर्दाेषलाई !

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८०, आईतवार १७:०५
  • १९४१

    वीरगंज । गत सोमबार बाराको कलैयामा भएको रुपेश हत्याकाण्डमा प्रहरीले गरेको अनुसन्धानबाट जिल्ला प्रशासन कार्यालयले माफी माग्दै विवरण फिर्ता लिएको छ । हचुवाको तालमा गरेको अनुसन्धानले विभिन्न प्रश्न उठ्न थालेपछि तामझामका साथ प्रहरीले गरेको पत्रकार सम्मेलन र दोषि लगायतको बारेमा दिएको विवरण नै जिल्ला प्रशासन कार्यालयले फिर्ता लिएको हो । कलैया उप–महानगरपालिका–६ मदर्शा टोलस्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्राधानाध्यापक रुपेश सर्राफको दिनदहाडै भएको हत्या प्रकरणपछि प्रहरी प्रशासनमाथि उठेको प्रश्नबाट उन्मुक्ति पाउन बारा प्रहरीले फितलो अनुसन्धान गरी निर्दाेषलाई फसाएको यसबाट साबित हुँदै गएको देखिन्छ । प्रहरीको अनुसन्धान माथि मृतकका परिवारजनले यसअघि प्रश्न उठाएका थिए भने अहिले जिल्ला प्रशासन कार्यालयले समेत प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै विवरण नै फिर्ता लिने जनाएको छ ।

    बारा प्रहरीले विवाहित प्रेम सम्बन्धका कारण रुपेश सर्राफको हत्या भएको प्रारम्भिक धारणाप्रति मृतकका परिवारजनले निर्दाेषलाई फसाएको कुरालाई जिल्ला प्रशासन कार्यालय बाराले समेत समर्थन गरेको छ । घटनाको अनुसन्धान बेग्लै भएकाले पनि परिवारजनले रुपेश र राधाको प्रेम सम्बन्ध कसैले पुष्टि गरिदिए हामी सजाय भोग्न समेत तयार रहेको चुनौती दिएका छन् । रुपेश हत्याकाण्ड पश्चात् बारामा सृजित असहज अवस्था र प्रहरीमाथि उठेको प्रश्नलाई दबाउन बारा प्रहरीले हत्या प्रकरणमा ९९ प्रतिशत अनुसन्धान सकिएको दाबी गर्दै घटनाको २ दिन नबित्दै हत्यामा संलग्न नै नभएकाहरूलाई हतारमा पत्रकार सम्मेलन गरी पाँच जनालाई सार्वजनिक गरेको थियो । जसमा कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही स्थानका ३४ वर्षीय जमिल अख्तर, वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत बिहारको मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनव कुमार राजपूतलाई सार्वजनिक गरेको थियो ।

    यस्तो थियो प्रहरीको अनुसन्धान बारा प्रहरीको अनुसन्धान अनुसार २०७९ साल बैशाखदेखि राधा रुपेशको बोर्डिङ्ग स्कुलमा लेखापाल पदमा काम गर्न थालेपछि राधा गुप्ता रुपेश सरार्फ संग नजिकिएकी थिइन् । जुन सम्बन्धको बारेमा राधाका भारतीय प्रेमी मनोज गुप्तालाई थाहा भयो । राधा रुपेशको सम्बन्ध बारे जानकारी भएदेखी नै भारतीय प्रेमी मनोजले राधालाई स्कुल छाड्न दबाब दिनुका साथै स्कुलमै पटक पटक आएर राधासंग नजिक नहुन रुपेशलाई धाक–धम्की दिँदै आएका थिए । त्यही विषयलाई लिएर रुपेश र मनोजबिच पटक पटक झै–झगडा विवाद समेत भएको थियो । त्यसपछि राधाले स्कुल छोडे पनि रुपेशले भने सम्बन्ध नतोडेपछि राधाकै योजनामा मनोजले भारतबाट सुटरहरु बोलाएर रुपेशको सोमबार दिनदहाडै हत्या गराएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले अनुसन्धान गरेर विवरण देखाएको थियो ।

    प्रेम सम्बन्ध भएपनि हत्यामा देखिँदैन राधाको संलग्नता मृतक रुपेश र राधाबिच प्रेम सम्बन्ध भएपनि उनको हत्यामा भने राधाको संलग्नता नरहेको जानकारहरु बताउँछन् । दुईजना बिच प्रेम सम्बन्ध रहेकाले राधाकै मुख्य योजनामा भारतीय प्रेमी मनोजले रुपेशको हत्या गराएको भन्ने आधार समेत नभएकाले नाटकीय रुपमा दोषीलाई छोडेर निर्दोषलाई फसाउने काम जिल्ला प्रहरी कार्यालय बाराले गरेको मृतकका परिवारजन सहित स्थानीयहरू बताउँछन् ।

    राधालाई प्रेम सम्बन्ध तोड्न रुपेशको हत्या नै गराउनुपर्ने कुनै आधार छैन । रुपेशसंग सम्बन्ध तोडेर मनोजसंग बस्नैपर्ने कुनै अर्को बाध्यत्मक कारण समेत खुलेको छैन । यसले के देखाउँछ भने प्रहरीले मुख्य योजनाकार भनिरहेकी राधालाई रुपेशसंग छुटिन कुनै कठिनाई नै देखिँदैन भने हत्या कसरी उनको योजनामा हुन सक्ला ? मनोजको पटक पटक दबाबका बाबजुद पनि राधाले स्कुल छोडे पनि रुपेशसंगको प्रेम सम्बन्ध भने नतोडेको प्रहरीले भनिराख्दा मनोजसंग बस्ने कुनै ठोस आधार पनि देखिन्न । फेरी मनोजसंग छुटिन राधालाई केही समस्या नै नदेखिदाँ उनले नै योजना बनाएर रुपेशको हत्या किन गराउँथिन् ?

    तसर्थ: प्रहरीले मुख्य अपराधीलाई पक्राउ गर्न नसक्ने असक्षमतालाई ढाँकछोप गर्न दुबैसंगको प्रेम सम्बन्धको बाहाना देखाएर निर्दोष व्यक्तिहरूलाई मुख्य योजनाकार बनाएर सत्यताबाट पछि हटेको देखिन्छ । जमिल र रियाज निर्दोष: परिवारजन

    रुपेश हत्याकाण्डमा सहयोगी आरोप लगाई प्रहरीले पक्राउ गरेको जमिल अख्तर र रियाज अंसारी निर्दोष रहेको परिवारजनको भनाई रहेको छ । प्रहरीले सार्वजनिक गरेकै दिन मृतकका परिवारजनले प्रेस विज्ञप्ति निकाल्दै पचरौता नगरपालिकामा केही दिन पहिला घटेको घटनामा संलग्न व्यक्तिहरूको नाम तथा मोटरसाइकललाई यो घटनासँग जोडी सत्यलाई ढाकछोप गरी घट्नालाई अन्यत्र मोड्न खोजेको परिवारजनको आरोप छ । परिवारजनका अनुसार दिनदहाडै भएको हत्याबाट सृजित हुन सक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट उनमुक्ती पाउन प्रहरीले मुद्दालाई अन्यत्र मोड्ने प्रयास गरेको छ । मृतक रुपेशलाई अस्पतालमा पु¥याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घटना स्थलमा हुँदै नभएका विद्यालय कै अर्का कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको रुपमा प्रहरीले फसाउन खोजेको परिवारजनको जिकिर छ । जमिल भन्ने केटा आफूसंग १५ वर्षदेखि साथमा छ त्यस्तै रियाजलाई म र सर (मृतक) ले पनि छोरा जस्तै मानेकाले उनीहरुको संलग्नता नरहेको मृतकका दाइ समोद कुमार सर्राफ बताउँछन् । रियाज र जमिनले कुनै हालतमा त्यस्तो गर्न नसक्ने परिवारजनको भनाई छ ।

    प्रहरीको अनुसन्धानबाट जिल्ला प्रशासन कार्यालयले माग्यो माफी

    हत्याकाण्डमा प्रहरीले गरेको अनुसन्धानबाट गलत अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले माफी मागेको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार प्रेस विज्ञप्ति जारीगर्दै प्रमुख जिल्ला अधिकारीले मिडियासंग प्रस्तुत गर्नुभएको अभिव्यक्तिबाट जनतामा पर्न गएको दुःखलाई मध्य नजर गर्दै प्रहरीले सार्वजनिक गरेको विवरण माफी मागे सरह फिर्ता लिँदै कडाईका साथ अनुसन्धान गरी घटनाको यथार्थ विवरण ल्याउने भनिएको छ । यसबाट प्रहरीले फितलो अनुसन्धान गरी निर्दाेषलाई फसाएको मृतकका परिवारजनको आरोप पुष्टि गरेको छ ।

    हत्या गर्ने मुख्य सुटर पक्राउ गर्न असक्षम प्रहरी

    हत्या प्रकरणमा ९९ प्रतिशत अनुसन्धान सकिएको दाबी गर्ने बारा प्रहरीले हालसम्म गोली हान्ने सुटरलाई पक्राउ गर्न सकेको छैन ।

    हत्यामा सहयोगी भनेर समातेको पाँच जना बाहेक रुपेशलाई गोली हान्ने राधाका प्रेमी भनिने मनोजसहित चारै जना भारतीय सुटरलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनिहरु फरार नै रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विवाहेत्तर प्रेम सम्बन्ध देखाई मृतकलाई अस्पताल पु¥याउने समेतका निर्दाेषलाई मात्र हालसम्म पक्राउ गरेको छ ।

    प्रहरी अनुसन्धान निचोड ननिकाल्दासम्म मुख्य आरोपितको नाम गोप्य राखिन्छ, तर निर्दोषलाई फसाएर केस टुंग्याउने दाऊँमा प्रहरी लागेको परिवारजनको आरोपबाट स्पष्ट देखिन्छ । नेपाल प्रहरी देश तथा विदेशमा अपराधको अनुसन्धानमा नाम कमाएको एउटा ठूलो संस्था हो । जसका कारण देशका आम नागरिकको यो संस्थाप्रति भरोसा उच्च छ तर बारा प्रहरीको यो गम्भीर लापरवाहीले सर्वसाधारणको प्रहरी संगठनप्रतिको विश्वास मात्रै उठेको छैन, प्रहरीको साँख नै गिरेको स्थानीय वुद्धिजिवी बताउँछन् । अब पनि उच्चस्तरीय छानबिन गरी सत्यता बाहिर नल्याए प्रहरीको अन्य अनुसन्धान माथि पनि प्रश्न उब्जने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑