वीरगंज । भारतको रक्सौलबाट भन्सारको मुख्य नाका हुदै वीरगंज तर्फ आउदै गरेको स्कोरपियोमा लाखौँ रुपैयाँ बराबरको पटाका सशत्र प्रहरी १३ नं. गणको टोलीले पक्राउ गरेको छ ।
वीरगंज को वडा नं. २ छपकैया इदगाह चोकमा शनिवार राती ९ वजेको करिबमा भारतबाट आउदै गरेको मधेश प्रदेश ०३- ००१ च ७५०० नं को स्कोरपियोमा प्रतिवन्धित लाखौँ मुल्य बराबरको पटाखा पक्राउ परेको छ ।
भन्सारमा तैनात सशत्र प्रहरीको सेटिङ्मा छोडिएको पटाका अर्को गणको सशत्र प्रहरीले समातेकोले एउटाको गैर जिम्मेवारी कार्य अर्कोले पुरा गरेको भनी स्थानियले ठूलो प्रश्न खडा गरेका छन् । अझै पनी सेटिङ्गमा स्कोरपियो छोडिने पो हो कि भन्ने थप आशंका समेत स्थानियको रहेको छ । पक्राउ परेको पटाकालाई १३ नं. गणामा लगिएको छ ।