वीरगंज। महागढीमाई नगरपालिका र नगर प्रमुख उपेन्द्र प्रसाद यादवको व्यक्तिगत पहलमा बारा जिल्लाको विश्व प्रसिद्ध मंदिर गढीमाई क्षेत्रमा चिडियाखाना स्थापना हुने भएको छ। विश्व प्रसिद्ध गढीमाई मंन्दिर क्षेत्रको चौतर्फी बिकासको लागि आन्तरिक तथा बाहिरि पर्यटक भित्र्याउनका लागि नगरपालिकाले बन्यजन्तुलाई पालन गर्न चिडियाखानाको स्थापन गर्ने महागढीमाई नगरपालिकाले वन तथा वातावरण मन्त्रलाय पत्र लेखेका छन ।
महागढीमाई नगरपालिकाले बन्यजन्तुलाई पालन गरेर चिडियाखानाको रुपमा स्थापना गर्न गरेको निर्णय अनुसार वन तथा वातावरण मन्त्रलायले पर्सा निकुञ्जलाई एकिन राय उपलब्ध गराउन र नगरपालिकामा ब्यवस्थापन गर्न परिपत्र पनि गरेका छन । यो निर्णय यदि सादर भयो भने निकट भविष्यमै महागढीमाई नगरपालिकाको गढीमाई क्षेत्रमा चिडियाखाना स्थापना हुने संभावना रहेको छ ।