नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो ।
भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रप्रसाद ठाकुरले भारतले दिनेमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगावै ल्याउने गरी खरिद प्रक्रिया थालेको बताए ।
‘हामीले कही दिन अघि गरेको प्रस्तावमा भारत चिनी उपलब्ध गराउन सहमत भएको छ,’ सहसचिव ठाकुरले अनलाइनखबरसँग भने, ‘तिहार अघि नै २० हजार मेट्रिक टन चिनी उपलब्ध गराउने गरी खरिदको प्रक्रिया सुरु भएको छ ।’