• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगन्जको बजारमा छ्याप–छ्याप्ती

  • वीरगंज संजाल
  • १७ कार्तिक २०८०, शुक्रबार १७:१३
  • १५९३

    वीरगन्ज वीरगन्जको बजारमा म्याद गुज्रिएको (खान अयोग्य ) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात

    सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो । वीरगन्जका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त

    बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ । यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्रवितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध

    बिक्रीवितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड गरिरहेका छन् । बियर किनेका साहले भने,‘ थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा परर्यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ । मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन

    स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आँफुले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगन्जस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।बडवाइज बियरको वीरगन्जमा अधिकृत बिक्रेता (डिलर) वीरगन्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो । सोनीले भने,‘ मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’ वीरगन्जमा बडवाइजर बियरको आपुर्ति गर्ने एक मात्र अधिकृत बिक्रेता शीखर ट्रेडर्सका सञ्चालक रन्जित श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क नै हुन सकेन । उनको

    मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दापनि उनले फोन नै उठाएनन् । अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ ।बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ । आजभन्दा १४८

    वर्षअघि सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनबेभ कम्पनीले यो बियरको उत्पादन गर्दछ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो । उपभोक्ता हित संरक्षण ऐनमा तोकिएको म्याद गुज्रिएको सामान बजारमा बिक्री गर्न नपाउने उल्लेख छ। यदि कसैले म्याद गुज्रिएको सामान बिक्री गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुने व्यवस्था छ ।उपभोक्तालाई ठगी गर्ने, म्याद गुज्रिएको सामान झुक्याएर बेच्ने गरेमा २ लाख देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने उक्त ऐनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑