वीरगंज । मधेश प्रदेशमा पछिल्लो समयमा हत्या हिंसाको घटना बढदै गएको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा मधेश प्रदेशमा ३७ जनाको हत्या भएको छ ।
प्रेम सम्बन्ध, पारिवारिक र आर्थिक सम्बन्ध कारण भएको विवादका कारण साउनदेखि असोजसम्ममा ३७ जनाले ज्यान गुमाएका छन्। मधेश प्रदेश प्रहरीको तथ्यांकअनुसार यसअवधिमा सबैभन्दा बढी बारा जिल्लामा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सप्तरीमा ७, पर्सा र सर्लाहीमा ५–५ जना, धनुषा र रौतहटमा ४–४ जना तथा महोत्तरी र सिरहामा २–२ जनाको हत्या भएको प्रहरीको प्रतिवेदनले देखाएको छ।
यसअवधिमा समान्य विवाददेखि योजनावद्ध रुपमा हत्याको घटना भएको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले बताएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा १०६ जनाको हत्या भएको थियो । त्यस्तै आर्थिकबर्ष २०७८/७९ मा ९६ जना र आर्थिक वर्ष २०७७/७८ मा ९३ जनाको हत्या भएको प्रवक्ता महतोले जानकारी दिएका छन् ।