• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा प्रहरीको देखियो गम्भीर त्रुटि, किन सार्वजनिक गरियो योजनाकार र मुख्य ‘सुटर’को नाम ?

  • वीरगंज संजाल
  • १६ कार्तिक २०८०, बिहीबार १४:०२
  • १५३७

    वीरगंज । कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान प्रक्रियामा गोप्य राख्नुपर्ने तथ्यहरु सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको घटनाको उजागर भएको हो । हत्या प्रकरणमा ९९ प्रतिशत अनुसन्धान सकिएको दाबी गर्ने बारा प्रहरी बुधबार राखेको पत्रकार सम्मेलन हतारहतारमा मात्रै गरेन, प्रहरीको अनुसन्धान प्रक्रिया फितलो रहेको आफ्नै तथ्यबाट पुष्टि नै गर्‍यो । त्यो कसरी भने प्रहरी अनुसन्धान निचोड ननिकाल्दासम्म मुख्य आरोपितको नाम गोप्य राखिन्छ, तर यहाँ त्यहीँ सार्वजनिक गरिएको छ । त्यसकारण प्रहरी अनुसन्धानप्रति मृतकका परिवारजनसहित सर्वसाधारणको विश्वास गुमेको धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रहरी अनुसन्धानप्रतिको अविश्वासको धारणा चियो चर्चौ मात्रै सीमित रहेन, मृतकका परिवारजनले त प्रहरी अनुसन्धानमाथि अविश्वास नै जनायो ।

    पहिला त्यो बुझौं के भनेका छन मृतकका आफन्तले । मृतक स्वर्णकारका परिवारजनले प्रहरी अनुसन्धान कमजोर रहेको र भइरहेको अनुसन्धानप्रति विश्वास नभएको भन्दै विज्ञप्ति नै जारी गर्‍यो ।यसरी परिवारबाट विज्ञप्ति जारी भएपछि प्रहरी अनुसन्धानमाथि गम्भीर शंका खडा गरिदियो । मृतकका दाइ भोला सर्राफले त प्रहरीले घटनालाई मोडनका लागि प्रेम सम्बन्ध देखाएर अपराधीलाई बचाउन प्रयास गरिरहेको आरोप नै लगाए ।त्यसपछि यो त झनै विवादास्पद बनेको छ । नबनोस पनि कसरी, मृतक परिवारको आरोप र प्रहरीले गोप्य राख्नुपर्ने तथ्य सार्वजनिक भएपछि परिवारजनको आरोपलाई नै मलजल गर्न मद्दत गरिरहेको छ । किनभने, कुनै पनि घटनाको अनुसन्धान भइरहँदा त्यसको सामान्य सिद्धान्त प्रहरी अनुसन्धानमा पालना गरिएको पाइन्छ, त्यो हो घटनामा संलग्न भएकाहरु पक्राउ नपरुञ्जेलसम्म उनीहरुको नाम गोप्य राख्नु । तर प्रहरी भने यही तथ्यमा चुकेको छ, सार्वजनिक नगर्नुपर्ने नाम नै सार्वजनिक गरेर ।

    यसलाई अझ सरल तरिकाले यसरी बुझौं ।

    हत्या भएको तीनदिनभित्रै सफलता मिलेको भन्दै बारा प्रहरीले तामझामका साथ पत्रकार सम्मेलन ग¥यो । जसमा प्रहरीले स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको जनाउँदै एक महिलासहित ५ जनालाई सार्वजनिक ग¥यो । र, यहाँ प्रहरीले भन्यो–यी सबै स्वर्णकार हत्याकाण्डका सहयोगी मात्रै हुन, मुख्य योजनाकार र मुख्य सुटरको खोजी भइरहेको छ ।

    कसरी चुक्दै प्रहरी ?

    हो, यहाँसम्म प्रहरी अनुसन्धानलाई बेठीक भन्न सकिने अवस्था छैन, तर जब प्रहरीले फरार रहेका ४ जनाको नाम नै किटानी गरेर सार्वजनिक ग¥यो त्यसबाट विभिन्न अड्कलबाजी सुरु भयो । कतिपयले प्रहरीको अपरिपक्वताको संज्ञा दिए भने कतिले प्रहरी गोप्य नाम सार्वजनिक गरेर अपराधीलाई फरार रहन सूचना दिएको ठाने । जसलाई इन्कार गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरु नै स्वीकार छन् । अनुसन्धानमा खटिने प्रहरी अधिकारीहरु पनि पक्राउ गर्न बाँकी रहेका आरोपितहरुको नाम सार्वजनिक गरेर प्रहरी चुकेको बताउँछन् ।हुन पनि हो, पक्राउ गर्नुपर्ने मुख्य योजनाकारको नाम किन सार्वजनिक गरियो रु बारा प्रहरी सामु यो गम्भीर प्रश्न तेर्सिएको छ । तर बारा प्रहरीले भने यसलाई अझ सहजताका साथ नै लिइरहेको छ । बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले अपराधमा संलग्नहरुको नाम ‘फाइन्ड आउट’ भइसेकोले हामीले सार्वजनिक गरेको जनाए । उनका अनुसार यसका कारण प्रहरी अनुसन्धानमा कुनै खास असर पर्दैन । त्यसकारण यो घटनाको अनुसन्धानमा प्रहरी चुकेको भन्न नमिल्ने उनी बताउँछन् ।

    कोको मुख्य योजनाकार र सुटर ?
    बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत मुख्य योजनाकारको रुपमा तीन वर्षदेखि राधा गुप्ताको प्रेम सम्बन्धमा रहेका भारतीय मनोज गुप्ताको नाम सार्वजनिक गरेको छ । बारम्बार सम्झाउँदा पनि मृतक स्वर्णकारले राधासंगको सम्बन्ध नतोडेपछि यही भारतीय गुप्ताले ४ जना सुटरमार्फत स्वर्णकारको हत्या गर्न लगाएको भनिएको छ । त्यसका लागि मनोजले भारत विहार मोतिहारी जिल्ला दर्पा थानाका सुजित कुमार सिंह, चन्दन पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीलाई पैसा तिरेर स्वर्णकारको हत्या गर्न लगाइएको प्रहरीले यी सबैको नाम नै किटानी गरेर सार्वजनिक गरेको छ । नेपाल प्रहरी देश र विश्वमा अपराधको अनुसन्धानमा नाम कमाएको एउटा ठूलो संगठन हो । जसका कारण देशका आम नागरिकको यो संगठनप्रति भरोसा पनि रहन्छ । तर बारा प्रहरीको यो गम्भीर लापरबाहीले सर्वसाधारणको प्रहरी संगठनप्रतिको विश्वास मात्रै उठेको छैन, प्रहरीको साँख नै गिरेको घटनाको विवादले देखाइरहेको छ । यही सोमबार बाराको कलैया ६ मा स्वर्णकारमाथि भएको गोली प्रहारबाट त्यही दिन उनको मृत्यु भएको थियो । मृतक स्वर्णकार कलैयामा सञ्चालित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए । यो समाचार रेसखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑