वीरगंज । राजन कुमार बानिया । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटङकीस्थित एक घरमा चाेरी भएकाे छ । खानेपानी नजिक रहेकाे कृष्ण प्रसाद कलवारकाे घरमा करिब रु १० लाख बराबरकाे चाेरी भएकाे पिडितले वताएका छन् ।
घरमा काेइ नभएकाे माेकाछाेपी चाेरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चाेरेर लगेकाे हुन् । साेही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाका इन्जिनियर रबिभुषण पटेलकाे काेठामा पनि चाेरी भएकाे छ । उनकाे काेठाबाट चाेरहरुले दुईटा ल्यापटप र एक लाख नगद चाेरेर लगेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार एक तल्ले भवन अगाडीकाे पर्खालबाट हाम फालेर मेनगेटकाे ताला फाेडेर घर भित्र चाेरहरु प्रबेश गरेकाे देखिन्छ । घर भित्र रहेकाे पांच वटै काेठाकाे ताला फाेडेर चाेरहरु चाेरी गरेका छन् । घर धनी बस्दै आएका काेठाहरुमा पनि चाेरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चाेरी भएकाे सामानकाे विवरण थाहा हुन सकेकाे छैन् ।