वीरगञ्ज पब्लिक कलेजको कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले कलेजको छतबाट हाम फालेका छन् । बाराको विश्रामपुर गाउँपालिका -५ निवासी राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा छतबाट हाम फालेको स्रोतले जनाएको छ । घाइते महतोको हाल वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार चलिरहेको छ । उनको टाउको र खुट्टामा चोट लागेको स्रोतले जनाएको छ । यद्यपि उनी खतरामुक्त रहेका छन् ।
महतोले हाम फाल्ने कारण नखुले पनि पारिवारिक समस्याका कारण उनले त्यस्तो गरेको हुनसक्ने स्रोतको भनाई छ । अहिले कलेज अगाडि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।