• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुगु सामूहिक हत्या प्रकरण : एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८०, सोमबार १२:०८
  • २०८५

    जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बीचबजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरी हत्याराको करिबकरिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका बताएका थिए । प्रनाउ थापाले भने, ‘शंकास्पद र अनुसन्धानको क्रममा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लगेको र यकिन र विस्तृत घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ उनका अनुसार अनुसन्धान सम्पूर्ण कोणबाट भइरहेको र पूरै सबुत प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिनेछ । आइतबार नै कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल

    पनि घटनास्थल पुगेका छन् । उक्त घटनाको विस्तृत विवरण बुझ्न, अनुसन्धान कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । उनलाई मुगुका प्रनाउ वीरेन्द्र थापाले घटनास्थलको स्थलगत सम्पूर्ण विवरण पेस गरेका छन् । शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो । शनिबार नै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको दुईवटा विशेष सुरक्षा टोली र जुम्लादेखि एउटा विशेष टोली मुगु जिप्रकाका प्रमुखसहितको सुरक्षाकार्मी पाँच दिनदेखि घटनानास्थलमै रातदिन लगातार अनुसन्धानमा खटिए पनि खसै हत्याराको अझै कुनै टुंगो लाग्न भने सकेको छैन । यता मृतकहरूको शव परीक्षणका लागि शनिबार राति नै सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । आइतबार दिउँसोबाट मात्रै शव परीक्षण सुरु गरिएको थियो । सामूहिक हत्या प्रकरणमा पत्नी र तीन छोराछोरी गुमाएका पीडित दीपक बोहाेराले आफ्नो परिवारलाई हत्या गर्ने त्यो हत्यारा अपराधी पत्ता लगाई नियन्त्रणमा लिएर

    सार्वजनिक नगरिँदासम्म आफूले कुनै पनि हालतमा लास नबुझ्ने बताएका छ्न । ‘परिवारको सुन्दर भविष्यकाे सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ, तर आज कुन दुष्ट पापीले मेरो सबै सपना चुँड्यो,’ उनले भावुक हुँदै भने। वैदेशिक रोजगारीमा कतार गएका दीपक एक्कासि पत्नी र तीन छोराछोरीकाे सामूहिक हत्या भएको खबर सुनेपछि शुक्रबार नै नेपाल फर्केका थिए । शनिबार दिउँसो उनी मुगु पुगेका थिए । कात्तिक ७ गते बेलुकी दसैँको टीका लगाउन पत्नी श्रीदेवी तीन छोराछोरीसहित नजिकै रहेको माइतीगाउँ कोटिल्ला गएकी थिइन् । उनी ८ गते नै माइतीदेखि आफ्नो घर मुन्दु फर्केकी थिइन् । बाटोमा पति दीपकसँग मोबाइलमा भिडियोकल गर्दै घर पुगिन् र त्यसपछि पनि पति दीपक र पत्नी श्रीदेवीबीच लामो कुराकानी भयो । ‘त्यसपछि भोलि बारीको सिमी उखेल्नु छ । काम सकेर भोलि कुरा गरौँला भनिन्, तर त्यसपछि एक्कासि १० गते शुक्रबार मृत्युको खबर आयो । त्यो नै परिवारसँगको अन्तिम कल भयो,’ दीपक भावविह्वल अवस्थामा भन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑