पर्सा । राजन कुमार बानिया । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५ वर्षिय हिरामन यादव रहेका छन् ।यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
अस्थायी प्रहरी चाैकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाकाे नाैगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेकाे बाेराबाट उक्त गाँजा बरनमद गरेकाे हाे ।
गाँजासहित पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएएको छ।