• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झारफुकको नाममा ईन्जिनीयरको श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक धामी पक्राउ

  • वीरगंज संजाल
  • १२ कार्तिक २०८०, आईतवार ११:०१
  • २०५७

    जनकपुरधाम । झारफुक र भूत भगाउने निहुँमा एक महिलामाथि बलात्कार गरेको आरोपमा एक धामी (झाँक्री) पक्राउ परेका छन् । दशैँमा अष्टमी तिथिको दिन धनुषाको औरही नगरपालिका वडा नं. १ पौडेश्वर बस्ने एक इन्जिनीयरकी श्रीमतिलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्ना बस्ने धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् । श्रीमतिलाई भूत प्रेतको साया भएको भन्दै ईन्जिनीयरले आफ्नो श्रीमतिलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार, विधि विधान गरी कालरात्रीको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

    झाँक्रीलाई शुक्रबार ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको अनुसार पक्राउ गरिएको हो । इन्जिनीयर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअपको राखिएको बताएको छ । जानकारी अनुसार, महिलामाथि अष्टमी तिथिकै दिन बलात्कार गरेको भनेर उजुरी परेको हो ।

    घटनाको एक सातापछि मात्र इन्जिनीयर दम्पतिले धामीमाथि उजुरी हालेको हो । सो बीचमा उनीहरुले धामीसँग १० लाख रुपैयाँमा बार्गेनिँग गरेको बुझिएको छ । यद्यपी, यसको अधिकारिक पुष्टि भने भएको छैनन् । धामीसँग लेनदेनको कुरा नमिलेपछि मात्र उजुरी गरिएको बताईएको छ । बीच दलालहरुले १० लाख रुपैयाँमा कुरा मिलाएपनि पुनः बाँडफाँडको लागि कुरा नमिलेपछि उजुरी दर्ता गराईएको बताईएको छ ।

    सुरुमा पीडित भनिएकी महिला र उनको श्रीमानले धामीसँग रकम असुल्नकै लागि नाटक रचेको पनि बताईएको छ । ईन्जिनीयर भएका बुद्धिजीवीले अन्धविश्वासमा कसरी पर्न सक्छ भनेर प्रश्न उनी केही स्थानीयहरुले गरेका छन् । धामीसँग रकम असुल्नकै लागि योजना अनुसार कार्य गरेको पनि बताईएको छ । अष्टमी तिथिकै दिन घटना भएपनि ५ दिनपछि उजुरी दिएपछि शंका उब्जिएको हो । यद्यपी, यसबारे कुनै पुष्ट प्रमाणहरु छैनन् । जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलालाई आजै मेडिकल चेकअप गराउने तयारी गरिएको हो ।

    यस्तो छ घटनाः
    इन्जिनीयरले श्रीमतिलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्री अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राती पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो ।

    महिलाको श्रीमान इन्जिनीयर पनि सँगै गएका थिए । तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनीयरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनीयरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनीयर र धामी दुवै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको बताइएको छ । त्यसपछि धामीसँग रकम लेनदेनको बार्गेनिँग भएको बुझिएको छ । १० लाख रुपैयाँ नदिए प्रहरीमा उजुरी गरिदिने भनेर धामीसँग रकमको डील भएको थियो । डीलमा पुनः दलालहरु पसेपछि कुरा नमिल्दा प्रहरीमा उजुरी गरिएको हो । बलात्कारको मुद्दामा २४ घण्टाभित्र मेडिकल गराउनुपर्ने प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑