• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

  • वीरगंज संजाल
  • १० कार्तिक २०८०, शुक्रबार १२:२२
  • १४२१

    वीरगंज । सीमामा हुने तस्करी र भन्सार चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि प्रशासनका कर्मचारी खटिएका हुन्छन् । तर, सिरहामा भने कर्मचारी तस्करी नियन्त्रण गर्न होइन बरु कमाउ धन्दामा लागेको देखिएको छ । राजस्व अनुसन्धान विभाग, इटहरीले असोज १३ देखि १६ गतेसम्म सिरहाका विभिन्न स्थानमा छापा मारेर ३ करोड रुपैयाँभन्दा बढीको तस्करीका मालसामान बरामद गरेको छ भने सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहित २८ जनाको जिम्मेवारी खोसिएको छ। गोलबजारकी समिमा खातुन भारतीय बजारबाट तरकारी ल्याएर जिल्लाका हटियाहरुमा बेच्ने समिमा सधैं जस्तै यसपटक पनि तरकारी लिएर आइन् । उनी आएको गाडीमा अन्य व्यापारीको पनि तरकारी थियो । गाडी जाँचका लागि रोकिएसँगै अन्य तीन व्यक्तिले भन्सारका कार्यालय सहयोगी शेख अब्दुललाई जनही एक सयका दरले घुस तिरे । तर, घुस नदिँदा समिमाको तरकारी शेखले नियन्त्रणमा लिए ।

    खातुन भन्छिन्, ‘सामान धेरै भएपनि तीन सय रुपैया“ दिएपछि अरुलाई जान दियो । तर, मैले नदि“दा थोरै सामान भएपनि जान दिएन । पैसा लिएर जान दिन्छ । मैले पैसा नदि“दा त्यसै गाडीबाट मेरो सामान झारिदियो ।’सिरहा नगरपालिका-१७ को सीमावर्ती गाउ खैरटोकाका नरेश पासवान शारीरिकरूपले अशक्त छन् । नरेशसँगै पत्नी मधु रिक्सामा सातामा दुई तीन दिन भारतबाट खाद्यान्न ल्याएर नेपालमा बेच्छन् । पासवान दम्पती पनि चार हजार जति नेपाली रुपैयाँको सामान लिएर भन्सार जाँचमा आइपुगे । उनीहरूलाई कि त महिनावारी मिलाऊ नभए राजस्व तिर भनेर सुरक्षाकर्मी र भन्सारका कर्मचारीले रोकिदिए । सोही ठाउँका तपेश्वर यादव पनि भारतबाट चामल ल्याएर बेच्छन् । साइकलमा दैनिक दुईदेखि चार बोरासम्म चामल ल्याएवापत भन्सार कर्मचारीलाई उनी प्रतिबोरा ५० रुपैयाँ घुस खुवाउँछन् । त्यहाँ खटिने सुरक्षाकर्मीले महिनावारी एक हजार घुस तिरेर लाइन मिलाउन दिएको चेतावनी नमान्दा उनलाई पनि प्रहरीले रोकिदिए । यी तीन पात्रले सिरहाका सबै नाकामा हुने गतिविधिको प्रतिनिधित्व गर्छन् । घुस दिए वा महिनावारीको लाइन मिलाए खुलेआम राजश्व छली गरी सामान भित्र्याउन पाइन्छ । त्यसो गर्न नमान्नेहरु मात्रै झमेलामा पर्छन् । प्रहरी प्रशासनको मिलेमतोमा ठेक्का नै लागेर निर्वाध अवैध तस्करी भइरहेको स्थानीयको आरोप छ ।

    स्थानीयको आरोपलाई राजस्व अनुसन्धान विभाग, इटहरीले गत असोज १३ गतेदेखि १६ गतेसम्म छापा हानेर ३ करोड बढीको कपडालगायतका अवैध सामान बरामद गर्नुले पुष्टि गर्छ । घटनालगत्तै सिरहाका सशस्त्र प्रहरी प्रमुख, सशस्त्रको सीमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय, माडरका प्रमुख, प्रहरी चौकी खिरौनाका प्रमुखसहित दुवै कार्यालयका २८ जना प्रहरीको जिम्मेवारी खोसेर अनुसन्धान भइरहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा माडरका भन्सार प्रमुख रामराजप्रसाद चौरसिया कार्यकक्ष नै छाडेर हिँडे । सिरहाका सीडीओ राजेन्द्रदेव पाण्डेले भने विनाप्रमाण सेटिङमा तस्करी चलिरहेको मान्न नसकिने भन्दै प्रमाण भए कारबाही हुने प्रतिक्रिया दिए । प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी भइरहेको छर्लंगै हुँदासमेत टालटुले जवाफ दिएर उम्किने भन्दा पनि राजश्व चुहावट नियन्त्रण गर्न सबै सरोकारवालाहरु इमान्दार हुन जरुरी छ । यो समाचार कान्तिपुरबाट साभाल गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑