वीरगंज । आम जनता पार्टीका राष्ट्रीय अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पु¥याएको हुनाले नेपालमा आर्थिक संकट अवस्थामा आएको बताएका छन् । गृह जिल्लामा आज (बुधबार) देवाही गोनाही नगरपालिका वडा नं ५ टीकुलियामा आम जनता पार्टी द्वरा राखिएको महान पर्व दशै, दीपावली तथा छठ पर्वको शूभ अवसरमा अध्यक्ष साहले बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए । उनले भने, व्यापारीहरु राजस्व छली गरिरहेका छन्, पैसा थुपारिरहेका छन् ।
कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन् । नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्याउने गरेका छन् । भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन् । भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ ? आफ्नो जिल्लाको पुर्व प्रधामंत्री माधव कुमार नेपालको छोरा छोरी कहाँ छ, भाइका छाेरा छोरी बिदेशमा राहेको साह आम जनतालाई बपता लगाउनु समेत भेनका हुन्।
देशका अधिकांश नेताहरु अवसरको लागि नेपालमा र उहाँका छोराछोरीहरु विदेशमा नेपालका सबै पुँजीहरु विदेशमा थुपार्दिए पछि । नेपालको आर्थिक संकट टर्छ ? कति नेताहरु अवसरका लागि नेपाल बसेको र आफ्नो छोरा छोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए । उनले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भएपनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको अध्यक्ष प्रभू साहले वताएका हुन्। आजै देवाहि गोनाहि नपाको गोनाही, धरहरी, गरुडा नपाको लक्ष्मीपुरमा आजै कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागि आइटी आर्मीको केन्द्रीय सदस्य रामशरन यादवले जनाएका हुन।
उक्त शूभकामना कार्यक्रममा आम जनता पार्टीको सचीउ पूर्व संघिय सांसद महिला नेतृ समीना हुसेन,रौतहट जिल्ला इन्चार्ज अमर साह, जिल्ला अध्यक्ष एवम देवाही गाेनाही नगरपालिकाको पूर्व मेयर धर्मेन्द्र पटेल,आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, नेता श्रीभग्वान पटेल, अनिल झा,आम जनता पार्टीको नेता फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, महिला नेतृ बबिता यादव, रञ्जु साह , लगायत अन्य नेता गणहरुको उपस्थीत थिएँ।