वीरगंज । हर्षोल्लास तरिकाले दशै मनाइरहदा सप्तरीको एउटा गाउँ शोकमा डुबेको छ । कारण हो, एकै परिवारका भाउजू र देबरको मृत्यु ।
भाउजूको मृत्यु भएको २४ घण्टा नबित्दै देबरको पनि मृत्यु भएको छ । यो घट्नाले गाउँ नै शोकमग्न भएका छन् । जिल्लाको कंचनरूप नगरपालिका वडा नम्बर ८ कात्तिक टोलको घटना हो यो । स्थानीय महदैयादेवी मण्डलको सोमबार घरमै मृत्युु भयो । ७० बर्षकि उनी बिरामी थिइन । सोमबारै उनको अन्त्येष्टि गरियो ।
उनको मृत्युपछि सबै जना शोकमा रहँदा मण्डल परिवारमा अर्को बज्रपात भयो । महदैयाको देबर भुटाई मण्डलको मंगलबार बिहानै मृत्युु भएको छ । छाती दुखिएपछि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय राजेश मण्डलले जानकारी दिए । २४ घण्टाभित्रै भाउजू र देवरको मृत्युले गाउँ नै शोकमग्न रहेको उनले बताए ।