पर्सा । राजन कुमार बानिया । पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारीमा रहेको छिपहरमाई मंदिर को ईतिहासको बारेमा छिपहरमाई मुख्य पुजारी दिपू पाण्डेय, पुजारी रामेश्वर यादव र द्वारिका यादव लगायत जनाएको ईतिहास मंदिरको इतिहास धेरै पुरानो रहे छ। छिपहरमाई मंदिरको बारेमा पुर्खौ हरु ले जनाएका छन कि करिब तीन सय वर्ष एक जना दानव थियो एक रातमा सात वटा पोखरीको उत्खनन गरेको थियो। पोखरी को नाउँ छिपहरमाई, पनपिउवा,,रध्या, बिचलीमा तीन र धोबहा,गरि सात वटा पोखरी दानवले खोनेको थियोे । छिपहरमाई रध्या पोखरीको छुटै ईतिहास रहेको छ। यो पोखरी करिब चार बिगहामा रहेको छ। यो पोखरीको पनी अलग इतिहास नै रहेको हो। यो पोखरीको पानी जल हालेपछी यो क्षेत्र बंजारी र बरवां गाउँको जनता हरुले अाफ्नो घरमा यज्ञ महायज्ञ यष्ठयाम र सादी बिबाह ,र मर्नहर्न को भोजमा हालेपछी शुद्ध हुनृगरेको यहाँको पुर्खा देखि चल्दै अाई रहेको पुजारीहरुले बताए छन।
यदि यो पोखरीको पानी नहालने हरु लाई यज्ञ सफल हुदैन र अशुद्ध मानिने पुजारी हरुले जनाएका छन। स्थानिय गणेश यादवले बताउनु हुन्छ कि करिब २६० वर्ष पहिला छिपहरमाई मंदिरको ईतिहास यस्तो रहेको छ कि धोबहा पोखरीको नजिक बरवां गाउँको सुगेदार राउत अहिर भैसी चराउन गएको थियो। त्यसै क्रममा माता छिपहर माई प्रकट हुनु भयो अनि चरवाहा लाई अवाज दिनु भयो उसले अवाज बोली सुनेर पोखरी नजिक पुगनु भयो माता रानीले भन्नू भयो कि मेरो मुर्ती को यहाँ बाट राम्रो ठाउँमा लगेर स्थापना गर्नु जो ले मेरो पुजापाठ गर्छ उनिहरुको मांग र भाखेको कुरा मनोकामना पुर्ण गर्छु। चरवाहाले मुर्तीको अाफ्नो घर लगयो त्यही दिन रातीमा माताले सपना मा भन्नू भयो कि घरमा होईन गाउँको बाहिर अलग ठाउँमा मेरो मुर्तीको स्थापना गर अनि पुजापाठ गर भैंसी चरवहा अहिरले फुसको झोपडी बनाएर छिपहरमाईको मुर्तीको स्थापना गरि पुजापाठ सुरु गर्यो । छिपहरमाई मंदिरमा मान्यता हो कि छिपहर माई विश्वासको साथ जुन पनी भाखल मांगे पछी उनिहरुको मोनकामना पुर्ण गर्नु हुने गर्नुहुन्छ। यो मंदिरको जग्गा बंजारी गाउँका महिला गायत्री देबी मारवाडी ले मंदिरको लागि जगा दान गर्नु भएको थियो।
मंदिरको जग्गा उपलब्ध गराए पछी छिपहरमाईको फुसको झोपडी हेरे र मनोकामना पुर्ण भएका एक जना लंगडी गाबिसका अध्यक्ष मुखिया जगदिश प्रसाद कुर्मीले मंदिरको झोपडी हटाएर पकी भवनको निर्माण गराउनु भएको थियो । उहाँको पनि मनोकामना पुर्ण भएकोले सो मंदिरको पकी भवनको निर्माण गराउनु भएको स्थानिय गणेश यादवले बताए । चरवाहा करिब ९० वर्षको उमेरमा स्वर्गबास हुनु भएको हो। चरवाहाको पछी तीन पसतैनी उनको पोताको छोरा रामेश्वर यादव अहिले पनि माता रानी छिपहरमाईको पुजारी रहेर माता रानीको सेवामा समर्पित रहेको हो। यो माताको स्थानको धेरै नै महत्व रहेको यहां नेपालको पर्सा जिल्ला समेत बारा, रौतहत, चितवन, मकवानपुर र भारतको पटना, मुजफ्फरपुर, गोरखपुर, दिल्ली, हरियाणा, मोतिहारी,रक्सौल, बेतिया,लौरिया, चनपटिया, नरकटियागंज , सिकटा,भैनाटाड, लगायत ठाउँका भक्तजन हरु अाउने गर्छ र माता संग मन्नत मांगने गर्छन।
जस्को मनोकामना माताले पुर्ण गर्नुभएको छ। यहाँ जोले विधिवत रुपमा पूजा पाठ माथा टेकेर माता संग आर्शिवाद लिने गर्छन। पुजारी द्वारिका यादवले बताउ छ कि यहां असोजको दशै र चैत्र को नवरात्रीमा धेरै भीड़ हुनेगर्छ। छिपहरमाईको मंदिरमा घटस्थापनाको दिन देखि अष्ठयाम सुरु हुन्छ।पंचमीको दिन देखि कराई चढाउने पुडी,रोटी,चढाउने गर्छ।सतमीको दिन देखि भुतपरेत ,झाक्री जस्ता हुन्छ।र दशमीको दिन ठूलो मेला लागछ त्यसमा २ बजे बिहानै देखि चुनरी,,प्रसाद, चढाएर पुजापाठ,कथा बाचन गराउनृ, महिला हरुको अाँचलमा नेटुवा नाच नचाउने गर्छ र बैड पार्टी लगायतको पुजापाठ हुन्छ भने ११ बजे देखि बली समेत चढने गर्छ। दुईटै नवरात्री दशैमा यहाँ नेपाल , भारत को भक्तजन हरु नवों दिन अष्टयामका आयोजन गराउछन।अहिले छिपहरमाईको स्थानमा भारतको नरकटियागंज कोइरगांवा गाउँ निवासी राजेश्वर प्रसाद यादव ,नेपालको बंजारी गांव निवासी बिषेश्वर यादव,भीम सहनी,जोखन यादवद्वारा अष्टयाम भईरहेको छ। बंजारीको वडा अध्यक्ष रामेश्वर महतोले बताउछ कि छिपहरमाई मंदिरमा प्रत्येक वर्ष करीब पांच दर्जन युवा व युवति हरुको शादी विवाह हुन्छ। छिपहरमाई गांवपालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो कि मातारानीको नाउँ छिपहरमाई गाउँपालिका नामाकरण गाराएको छ।