• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भ्रष्टाचार बिरुद्ध कार्वाही चलाउदा सरकार नै संकटमा पर्ने स्थिती देखियो : बारा संयोजक बुढाथोकी

  • वीरगंज संजाल
  • १ कार्तिक २०८०, बुधबार १२:३६
  • २०६९

    बारा । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीले भ्रष्टाचार बिरुद्ध कार्वाही चलाउदा सरकार नै संकटमा पर्ने स्थिती देखिएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको शुभकामना अदानप्रदान तथा जिल्ला भेलालाई सम्वोधन गर्दै उहाँले वडा स्तर देखि सिंहदरवार भित्र सम्म हुने भ्रष्टाचार विरुद्ध पार्टीले सरकार, सदन र सडकबाट अभियान सञ्चालन गरिरहेको बताउनु भयो । माओवादी पार्टीले सञ्चालन गरेको तीन महिने माओवादी रुपान्तरण अभियानका बारा जिल्ला संयोजक समेत रहेका बुढाथोकीले मुख्यत कांग्रेस एमाले जस्ता पुराना पार्टीहरु संस्थागत रुपमा भंष्टाचारमा लिप्त भएको देखिएकोले सरकारले भ्रष्टाचार विरुद्ध चलाएको कार्वाहीले प्रभावकारी रुपमा गतिलिन नसकेको बताउनु भयो । उहाँले नेपाललाई कृषि प्रधान देश भनिएपनि दाल, चामल देखि खुर्सानी सम्म भारतको भरपर्नु पर्ने स्थिती अन्त्य नगरेसम्म मूलुकमा देखिएको आर्थिक संकटबाट देशलाई मुक्त गर्न नसकिने बताउनु भयो । सामाजिक सञ्चालमा अरुको मानमर्दन हुनेगरी सन्देश प्रवाह गर्ने पत्रकारलाई समेत कार्वाहीको दायरामा ल्याउनु पर्ने संयोजक बुढाथोकीको भनाई छ ।

    उहाँले प्रेस सेन्टर नेपाल पत्रकारहरुको एक गौरबशाली सङ्गठन भएकाले यसमा आबद्ध पत्रकारहरुको कलम समाजका शोषणमा परेका ,पिडित ,बिकृती ,बिसङ्गती तथा भ्रष्टचार बिरुद्ध हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँले सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेतापनि अहिले पनि जनताहरुको अवस्थामा सुधार हुन नसकेका कारण त्यसका बिरुद्धमा पनि कलम चलाउँनुपर्ने सुझाव दिनु भएको थियो । त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा पाटीका मधेश प्रदेश प्रचार तथा प्रकाशन बिभागका प्रमुख गोबिन्द देवकोटाले प्रेस सेन्टर नेपालले राष्ट्र, राष्ट्रियता र जनजिबिकाको पक्षमा कलम चलाउँदै आईरहेको बताउँदैँ आम श्रमजीबी पत्रकार तथा मिडिया बारे सङ्गठनले उठाएका मुद्धाहरु सम्बोधन गराउँन सरकारलाई दबाब दिईरहेको बताउनु भयो । उहाँले अहिले मूलुकमा देखिएको बेथिति र भ्रष्टारको जालो स्थानीय सरकारसम्म रहेकोले सुशासनका पक्षमा मिडिया मार्फत बकाल गर्नुपर्ने बताउदै पत्रकारिता मर्यादीत पेशा भएकोले जनताको भरोसा योग्य संचारकर्मी बनेर काम गर्न प्रेस सेन्टरका सदस्यहरुलाई आग्रह गर्नु भयो ।

    माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सत्य ,स्वतन्त्र र निष्पक्ष पत्रकारीताको पक्षमा आफु सधै रहेको बताउनु भयो । उहाँले पत्रकार समाजको ऐना भएका कारण उसका कलमहरु आम जनताको बोलि र भावना लेख्नुपर्ने धारणा राख्नु भयो । राजनीतिक पूर्वाग्र र पार्टीगत पत्रकारीताको नाममा कसैले पनि बिकृती फैलाउँन नहुनेमा जोड दिदै मेयर राजन पौडेलले आफ्नो बारेमा सामाजिक सञ्चालमा गलत सूचना दिने एक जना पत्रकारको विरुद्ध आफूले साइवर अपराधमा उजुरी दिएको बताउनु भयो । त्यस्ता पाटीका अर्का बैकल्पिक केन्द्रिय सदस्य रामबाबु बैठाले माओवादीले जनतामाझ ल्याएको तीन महिने रुपान्तरण अभियानलाई सही अर्थमा सर्बसधारणलाई बुझाउँनुपर्नेमा जोड दिनु भएको थियो । । माओवादी रुपान्तरण अभियान अन्तर्गत पाटीले गरेका असल कार्यहरुको प्रचारप्रसार गरिदिनुपर्ने सल्लाह दिनु भएको थियो ।

    नेकपा माओवादी केन्द्रका बारा जिल्लाका नेता रबिराज दंगालले पाटी र प्रेस सेन्टर नेपालको समन्वयको आवश्यक्ता औल्याउँनुभयो । पत्रकारहरुको बृद्धि र बिकासमा पाटीले सोच्नुपर्ने धारणा ब्यक्त गर्नु भएको यियो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका अध्यक्ष रञ्जन यादबको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्ष यादबले नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सदस्यता बितरण तथा शुद्धिकरणकोलागि गरेको सिफारिस पुर्वाग्राही पुर्ण रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई प्रदेशले गरेको सिफारिस अबिलम्ब सच्याउँनुपर्ने माग गरेका थिए । उनले मञ्चबाट बिभिन्न चरणका आन्दोलनका घोषणा गरेका थिए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका बाराका ईन्चार्ज कृष्ण उदास खनालको स्वागत मनतब्य रहेको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष प्रदिप गौतमले गरेका थिए ।प्रेस सेन्टर नेपाल बारामा बिभिन्न स्थानीय तहबाट २० जना पत्रकारहरु आबद्ध भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑