• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

  • वीरगंज संजाल
  • Oct 10, 2023, 1:07 pm
  • ३२५

    पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स-रे मेशिन प्रयोगबिहीन बनेको छ। नेपालकै पहिलो र एकमात्र सञ्चालनमा आएको एक्स–रे मेशिन जिर्ण बन्दा पनि सम्बन्धित विभाग र मन्त्रालयको अहिलेसम्म ध्यान पुग्न सकेको छैन।
    विभागका तत्कालिन महानिर्देशक कृष्णहरि बास्कोटाले चीनसँग गरेको सम्झौता अनुसार वर्सेनि चीनबाट प्राविधिक टोली झिकाई मर्मत सम्भार गर्ने सम्झौता हुँदै आएकोमा वर्षौदेखि सम्झौता अवधि पनि सकिएको छ।
    अहिले मेशिन आफै प्रयोगबिहीन अवस्थामा रहेको हुँदा रकम खर्चेर प्राविधिक टोली चीनबाट बोलाउनुको औचित्य पनि देखिँदैन। एक्स-रे मेशिनलाई पथलैया र त्यसको आसपास मुख्य राजमार्गमा राख्ने हो भने ट्रक वा कन्टेनर चेकजाँच गर्न राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी कोहि पनि चाहिँदैन यसरी मेशिनको महत्व बुझ्न सकिन्छ।
    न्यूनतम २५ करोड मूल्य पर्ने एक्स–रे मेशिन करिब १९ वर्ष अघि मित्र राष्ट्र चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो। भन्सारले आफ्ना ६ जना कर्मचारीलाई मेशिन सम्बन्धी तालिम पनि दिएको थियो। भन्सार कार्यालय, वीरगञ्जका सूर्य नेपाल, विनोद पौडेल, श्याम श्रेष्ठ, आत्माराम फुयाल, हरि बस्नेत र विजय शाहीलाई मेशिन संचालन सम्बन्धी तालिम दिए लगतै भन्सार विभागले सुर्य नेपाल बाहेक अन्य सबैलाई अचानक अन्यत्र नै सरुवा गरेपछि मेशिन प्रयोगमा आउन सकेको छैन।
    नेपाल भरिको भन्सारमा एक्स—रे मेशिन राख्नु पर्ने र मेशिनले गर्दा ७५ प्रतिशत कामको बचत हुनुका साथै काम गर्न सजिलो हुने गर्दछ। यो मेशिन संचालन भएपश्चात व्यापारीको माल बस्तु छिटो छुटने तथा खर्च सिमित पर्ने बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए। यो एक्स—रे मेशिन ठुला नाकामा मात्र नभई स–साना नाकामा पनि राख्नुपर्ने व्यापारीहरुको माग रहेको उनको भनाइ छ।
    मित्र राष्ट्रले दिएको एउटा महत्वपूर्ण र राजश्व संकलनमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने अत्याधुनिक एक्स—रे मेशिनको उपयोग गर्नबाट भन्सार पुनः बञ्चित हुन पुगेको छ। मेशिन संचालनमा आँउदा छिटो र छरितो काम हुनुका साथै श्रम र समय दुबै बचत हुने भन्सार एजेन्ट संघका सुदिप उपाध्यायले बताए।
    ‘कन्टेनर नै नखोली भित्र रहेका मालबस्तुको स्केन मार्फत भौतिक परिक्षण गरि भन्सारको जाँचपास प्रकृयालाई पारदर्शी बनाउन यो मेशिनले निकै महत्व पुर्ण भुमिका खेल्ने थियो,’ उनले भने, ‘तर अहिलेसम्म प्रयोग नैै नगरि यसलाई किन थनकाइएको हो। यसबारे सरकारले ध्यान दिन जरुरी रहेको छ, मेशिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति ६ जनालाई सञ्चालनको तालिम दिइएको थियो। र सो मध्ये तालिम प्राप्त ५ जना जनशक्तिको अन्यत्रै सरुवा भएकोले करोडौको मेशिन उपयोग बिहिन अवस्थामा सुख्खा बन्दरगाहमै थन्किएको छ।’
    उपयोगबिहीन अवस्थामा थन्किएको मेशिनको उचित संरक्षण नभएको हुँदा मेशिन जिर्ण अवस्थामा रहेको छ। मेशिन सञ्चालन गर्दा मेशिनबाट निस्कने ‘रेडिएसन रे’ ले हानी पुग्ने तथा मेशिन सञ्चालन गर्दा ‘रेडियेसन रे’ कति दुरीसम्म फैलाउने र सञ्चालन गर्दा सुरक्षित कसरी हुने बारे थाहा पाउनका लागि तालिम प्राप्त कर्मचारीको आवश्यक्ता पर्दछ।
    अन्य व्यक्तिले सञ्चालन गरेमा यसको रे ले नकारात्मक परिणाम दिन सक्ने तर्फ सचेत हुन जरुरी छ भन्ने तर्क भन्सार प्रशासनको रहेको छ। एक्स—रे मेशिनको सञ्चालन प्रकृया सरल र सहज बनाएर आयात कर्ताहरुको समय र लागत दुबै न्यून गर्ने तर्फ सम्बन्धित निकायको भुमिका हुनु पर्नेमा सो नभई एक्स—रे मेशिनको जडान र सञ्चालन झनझटीलो हुन गएको आयात कर्ताहरुको भनाइ छ।
    व्यापारी प्रदीप केडिया भन्छन्, ‘निजी क्षेत्र र सरकारी निकाय दुबैको सहकार्यमा पारदर्शी व्यावसायिक क्रियाकलाप अगाडी बढाउनुमा सो हुन नसकेकोले यस तर्फ भन्सार प्रशासनको भुमिका प्रभावकारी हुनु पर्ने हाम्रो मान्यता रहेको छ।’
    सुख्खा बन्दरगाहका भन्सार अधिकृत सुशिल प्रसाद शर्माले मेशिन सञ्चालनका लागि आवश्यक पर्ने थ्रि फेज लाईन र ३८० के.भी. विद्युतिय क्षमताको अभाव र जेनरेटरबाट चलाउँदा प्रति घण्टा १२ लिटर डिजेलको खपत हुने तथा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव मेशिन सञ्चालन हुन नसकेको बताए। मेशिन सञ्चालन हुन सक्ने कि नसक्ने भन्ने यकिन गर्नका लागि चिनबाट प्राबिधिकहरु झिकाई यसको संचालन र उचित व्यवस्था गर्ने तर्फ भन्सार प्रशासनले आफ्नो भुमिका अघि बढाएको उनले बताए।
    नेपालको एकमात्र रेल्वेबेष्ड वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालनमा आएपछि आयात कर्ताहरुको लागतमा २५ देखी ४० प्रतिशतमा कमि आउने धारणा तात्कालीक वाणिज्य मन्त्रालय र वाणिज्य विभागका पदाधिकारीहरुबाट ब्यक्त गरिएको भएतापनि व्यवहारमा सो कुराको पुष्टि हुन नसकेको आयात कर्ताहरु बताउँछन्।
    अर्थविद्ध डा.दिपक शाक्यका अनुसार कन्टेनरमा आउने सामानहरु खोलि चेकजाँच गरि पठाउने गर्दा यसमा ठुलो जनशक्ति लागनुका साथै खर्च समेत लाग्ने गर्छ। अव्यवहारीक भएको हुनाले एक्स—रे मेशिन ड्राईपोर्टमा हुँदा आयातित कन्टेनर भित्र के के छ भन्ने कुराको परिक्षण गर्न सरल हुने भएकोले एक्स—रे मेशिन वर्षौदेखि बिग्रिएर थनकिएकोले यसको शिघ्र सञ्चालनमा गरि आयात कर्ताहरुको समय र लागत दुबैलाई कम गर्न सरकारी निकायको यथासिघ्र ध्यानजानु पर्ने शाक्य बताउछन्।
    उद्योग व्यापार तथा आयात निर्यात व्यवसायमा देखिएको बेथिति र निरन्तर राजश्व चुहावटका कारण लक्ष्य अनुरुप राजश्व संकलन भइरहेको छैन। वर्तमान अवस्थामा राज्यले राजश्वसँग सम्बन्धित क्षेत्रहरुलाई व्यवस्थित र पारदर्शी बनाउन प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने जरुरी छ। तर, यस्तो हुनु नसकिरहेको प्रत्यक्ष उदाहरण सुख्खा बन्दरगाह कार्यालयमा वर्षौदेखि सञ्चालनको पर्खाइमा रहेको एक्स—रे मेशिनले प्रमाणित गरि रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑