• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गर्दै बिक्री

  • वीरगंज संजाल
  • २३ आश्विन २०८०, मंगलवार १०:४७
  • १५८१

    वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाको माटो चोरी गर्दै बिक्री गरेको घटना बाहिर आएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र प्राविधिकलाई झुक्याउँदै सरकारी जग्गाबाट माटो चोरी गरेर जीतपुरसिमरा-४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) बिक्री गरेको घटना बाहिर आएको हो। नम्बरी जग्गाबाट व्यावसायिक बिक्रीका लागि भन्दै अनुमति लिएको तर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटना बाहिर आएपछि स्थानीय आक्रोशित भएका छन्। स्थानीयले जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग गर्न थालेका छन्। माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ जनप्रतिनिधि र दलका केही नेताको संलग्नता रहेको स्थानीयको आरोप छ। स्थानीय महमद दिन मिया चुरिहारले साविक फत्तेपुर गाविस वडा नम्बर ९ (हाल जीतपुरसिमरा वडा नम्बर ११) स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि भन्दै अनुमति माग गरेका थिए।

    निजी जग्गाको स्वीकृति चुरिहारसहितका व्यक्तिले कित्ता नम्बर ४२ को १८ बिगाह ऐलानी जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो उत्खनन् गरी बिक्री गरिएको पाइएको छ। चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यपालिकाको कार्यालयलाई सिफारिस गरेको थियो। वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। सोही सिफारिस पत्रका आधारमा उपमहानगरपालिकाको कार्यालयले प्राविधिक मूल्यांकन समेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो। स्वीकृति प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट खटिएका प्राविधिक टोलीलाई समेत झुक्याइएको पाइएको छ। वडाको सिफारिसपत्र अनुसार जग्गाको अवस्था बुझ्न उपमहानगरपालिकाबाट प्राविधिकको टोली खटिएको थियो। वडाको सिफारिसका आधारमा जग्गाको अवस्था बुझ्न गएको प्राविधिकको टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नम्बर ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा अर्थात कित्ता नम्बर ४२ देखाएका थिए।

    वडा सदस्यसहितका जनप्रतिनिधिले देखाएको जग्गालाई अनुमति प्रदान गर्न सकिने भन्दै प्राविधिकको सिफारिसपछि उपमहानगरपालिकाले वडामा निवेदन दिएका मियाका बुवा हसिना चुरिहारलाई सम्बोधन गर्दै असोज ५ गते स्वीकृति दिएको थियो। उपमहानगरपालिकाले ७० हजार राजश्व लिँदै प्रदान गरेको स्वीकृति पत्रमा मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका लागि स्वीकृति प्रदान थियो। तर मियाले अनुमति पाएको भन्दा फरक अर्थात कित्ता नम्बर ४२ को १८ बिगाह ऐलानी जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो उत्खनन् गरी बिक्री गरिएको छ। नम्बरी जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि अनुमति लिएर सरकारी जग्गाबाट एक हजार टिपर भन्दा बढी माटो उत्खनन् गरी बिक्री भइसक्दा समेत वडाका जनप्रतिनिधिले भने अनविज्ञता प्रकट गरिरहेका छन्।

    उक्त परिमाण उपमहानगरपालिकाले प्रदान गरेको भन्दा १०औं गुणा बढी हो। नम्बरी जग्गालाई प्रदान गरेको स्वीकृतिको दुरूपयोग गर्दै सरकारी जग्गाबाट माटो उठाएको घटना बाहिर आएपछि उपमहानगरपालिकाको प्राविधिक टोलीले अनुगमन समेत गरेको छ। अनुगमनका क्रममा स्वीकृति लिएको भन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको इन्जिनियर सञ्जीव रूपाखेतीले बताए। रूपाखेतीका अनुसार स्वीकृती लिइएको भन्दा करिब एक सय ५० मिटर पूर्वतर्फको सरकारी जग्गाबाट माटो उत्खनन् भएको छ। सो क्रममा माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत उपमहानगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। सरकारी जग्गाबाट अनियन्त्रित उत्खनन् भएको पाइएपछि उपमहानगरपालिकाको कार्यालयले माटो खरिद गर्ने उद्योगसँग विवरण माग गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयलले पशुपति सेरामिक्स उद्योगलाई पत्राचार गर्दै विवरण माग गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    News

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑