• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छपकैयाकी पुनमदेवीको हत्या गरेको आरोपमा इमरान मियाँ पक्राउ

  • वीरगंज संजाल
  • २१ आश्विन २०८०, आईतवार १८:३५
  • २२७७

    वीरगञ्ज । वीरगञ्जको छपकैयामा गत शुक्रवार मृत भेटिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरी पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका – १ छपकैया निवासी २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।
    वीरगञ्ज – १ छपकैयाकै गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी सर्राफ गत शुक्रवार बिहान आफ्नै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकी थिइन् । उपचारका क्रममा उनको सोही दिन मृत्यु भएको थियो ।
    पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकार समेत गरेको पत्रकार सम्मेलनमा पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए । इमरान लागू पदार्थको दुर्व्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको एसपी शाहले जानकारी दिए ।
    एसपी शाहका अनुसार गत शुक्रवार बिहान ३ बजेतिर चोरी गर्ने उद्देश्यका साथ पुनमदेवीको घरको झ्यालबाट छतमा चढेर सिँढीघर हुँदै उनी सुत्ने कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जिउतिया पर्वको तयारीमा लागेकै बेला इमरानसँग उनको जम्काभेट भएपछि दुवै जना बिच घम्साघम्सी समेत भएको थियो । त्यस क्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाउकोमा चार पटक हानेर रक्ताम्मे बनाए । पुनमदेवी बेहोस भएपछि उनी घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागे ।
    जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह । तस्बिर : शौरभ अग्रवाल ।
    बिहान साढे ३ बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी उनको घरमा पुग्दा सुत्ने ओछ्यानमा उनी रक्ताम्मे भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् । सुरुमा उनलाई उपचारका लागि नारायणी अस्पताल लगिए पनि थप उपचारका नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । यद्यपि त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
    घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । यद्यपि हत्यामा उनको संलग्नता नदेखिएपछि रिहा गरिएको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
    पक्राउ परेका इमरानलाई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑