• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा प्रहरीको अवैध रक्सी नियन्त्रण गर्ने अभियान : २२ भट्टी र डेढ लाख लिटर घरेलु मदिरा नष्ट

  • वीरगंज संजाल
  • २० आश्विन २०८०, शनिबार १६:१९
  • २२८१

    वीरगञ्ज । बारामा तीन दिनयतादेखि प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टी नष्ट गर्ने अभियान चलाएको छ ।
    गत बुधबारेदेखि थालिएको अभियानअन्तर्गत तीन दिनको अवधिमा प्रहरीले विभिन्न गाउँमा लुकाई छिपाइ सञ्चालित २२ वटा रक्सी भट्टी भत्काएर नष्ट गरेको छ । नष्ट गरिएका भट्टीबाट बरामद गरिएको कच्चा पदार्थ र तयारी गरी एक लाख ४१ हजार लिटर घरेलु मदिरा समेत नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
    भट्टीहरूबाट घरेलु मदिरा बनाउन प्रयोग गरिने एक सय २४ थान ड्रम र १२ वटा मेशिन पनि बरामद गरिएको डिएसपी न्यौपानेले बताए ।
    डिएसपी न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बारागढी गाउँपालिका – ३ खोपवामा सञ्चालित दुई र वडा नम्बर २ दउरवामा सञ्चालित तीन वटा रक्सी भट्टी तोडफोड गरी नष्ट गरेको छ । त्यस क्रममा रक्सी बनाउन प्रयोग हुने ३४ वटा ड्रम, ३५ हजार लिटर कच्चा पदार्थ र ५५ हजार लिटर तयारी मदिरा समेत बरामद गरिएको थियो । बरामद मदिरा र कच्चा पदार्थलाई समेत नष्ट गरिएको उनले बताए ।
    यस्तै गत बिहीबार करैयामाई गाउँपालिका – ३ गालोपट्टीमा एउटा र महागढीमाई नगरपालिका – ३ गञ्जभवानीपुरमा ९ वटा रक्सी भट्टी भत्काएर नष्ट गरिएको उनले बताए । त्यस क्रममा मदिरा बनाउन प्रयोग गरिने १४ थान ड्रम र ५ थान मेशिन बरामद गरिएको तथा कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २ हजार ५ सय लिटर नष्ट गरिएको न्यौपानेले बताए ।
    यसै गरी गत बुधवार पचरौता नगरपालिका – ८ छपकैयामा पाँच वटा र आदर्शकोतवाल गाउँपालिका – ६ पटेर्वा गाउँमा दुई वटा रक्सी भट्टी नष्ट गरिएको उनले बताए । त्यस क्रममा रक्सी बनाउन प्रयोग गरिएको ड्रम ७६ थान र मेशिन पाँच थान बरामद गर्नुका साथै कच्चा पदार्थ ४० हजार लिटर र तयारी मदिरा पाँच हजार लिटर नष्ट गरिएको जानकारी उनले दिए ।
    विशेष गरी भारतसँग खुल्ला सीमा जोडिएका जिल्लाका गाउँहरूमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको खोजी गर्दै नष्ट गर्ने अभियान थालेको हो ।
    सीमावर्ती भारतको बिहारमा त्यहाँको सरकारले मदिराको उत्पादन, ओसार पसार , बिक्री वितरण र सेवनमा ९ वर्ष पहिलादेखि प्रतिबन्ध लगाएको थियो । जसका कारण बिहारसँग सीमा जोडिएका मधेसका जिल्लाका सीमावर्ती गाउँहरूमा घरेलु रक्सीको उत्पादन र भारतमा तस्करी हुँदै आएको छ ।
    यही असोज ८ गते बाराको पचरौता नगरपालिका – १ पिपरपातीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै सञ्चालित रक्सी भट्टीमा एक पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएपछि बारामा प्रहरीले रक्सी भट्टी नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।
    तीन वर्षअघि २०७६ असोज १६ मा बाराकै फेटा गाउँपालिका – ४ बतरा गाउँमा अवैध रूपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको भूमिगत ट्याङ्कीभित्र निसास्सिएर एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑