• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्सौल-काठमाडौं रेलमार्ग पाँच वर्षमा तयार हुने

  • वीरगंज संजाल
  • १७ आश्विन २०८०, बुधबार १४:३८
  • १८१३

    वीरगंज | भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ ।नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ ।

    भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार करोड भारतीय रुपैयाँमा पाँच वर्षभित्र सो रेल मार्ग तयार गरेर नेपाललाई सुम्पिने छ ।

    नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार रक्सौलदेखि काठमाडौँसम्म रेलवे लाइनको दुरी १७०.९६ किलोमिटर छ । त्यसमा रक्सौलदेखि शिखरपुरसम्म सिङ्गल लाइन हुन्छ भने शिखरपुरदेखि काठमाडौँसम्म डबल लाइन हुने बताइएको छ ।

    विस्तृत परियोजना अनुसार ९०.०६५ किलोमिटर सिङ्गल लाइन र ४६.७२५ किलोमिटर डबल लाइन रहनेछ । शिखरपुरदेखि काठमाडौँसम्मको डबल लाइनको दुरीमा ३१ ठाउँमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको ती अधिकारीले बताए । त्यो सुरुङ मार्ग ४०.८६५ किलोमिटर हुन्छ ।

    विस्तृत परियोजना (डीपीआर) का अनुसार रक्सौलदेखि काठमाडौँसम्म विभिन्न १८ वटा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ भने १०१ स्थानमा मध्यम र १२२ स्थानमा साना साना पुल निर्माण गर्नुपर्ने हुन्छ । पूरै रेलमार्गमा दुई ‘ओभरहेड’ र १७ ठाउँमा अण्डरपास बाटो बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

    यो रेल मार्गमा १२ वटा रेल्वे स्टेशन हुने परियोजनामा उल्लेख छ । प्रस्तावित परियोजना अनुसार यो रेलमार्गमा यात्रुवाहक रेल प्रतिघण्टा १२० किलोमिटरको गतिले चल्नेछ भने मालबाहक रेल प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा चल्नेछ ।

    यो रेल मार्ग निर्माणको सम्पूर्ण खर्च भारतले ब्यहोर्ने यसअघि नै सहमति भइसकेको हो । विस्तृत परियोजना तयार गर्दा पनि त्यसको सम्पूर्ण खर्च भारतले नै व्यहोरेको छ ।

    सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला यो रेलमार्गको बारेमा सम्झौता भएको थियो भने पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले विस्तृत परियोजना सुम्पिएको थियो ।साभार:राताेपाटीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑