• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा प्रहरी अकर्मण्यता बढ्दो : २ सातामै ५ अपराध !

  • वीरगंज संजाल
  • १५ आश्विन २०८०, सोमबार १६:१६
  • २०९३

    वीरगंज । बीरगन्जमा पछिल्लो समय अपराधिक गतिविधि बढ्दै गइरहेका छन् । सीमाक्षेत्रबाट हुने अवैध व्यापार, लागुऔषध तस्करी, चोरी, हत्या जस्ता जघन्य प्रकृतिका अपराध बढ्दै गइरहेको घटनाक्रमले देखाइरहेको छ । गाउँदेखि सहरसम्म छ्यापछ्याप्ती कैयौं उदाहरण छन् । यो महिनाको १४ दिनको मात्रै विवरण हेर्ने हो भने ३ दिन विराएर एउटा घटना भइरहेको देखिन्छ । चाँडपर्वको मुखमा बीरगन्ज अक्रान्त हुँदा पनि प्रहरी प्रशासन भने सामान्य ‘ड्यूटी’ गरिरहेको झै प्रस्तुत भइरहेको जनगुनासो छ । किनकी, पछिल्लो १४ दिनमा मात्रै पर्सा जिल्लामा आधा दर्जन आपराधिक गतिविधि भएका छन् ।

    पहिला केही उदाहरण हेरौं ।

    अपराध–१ (चोरी)

    बीरगन्जको घण्टाघरबाटै महानगरपालिकाले सौन्दर्यका लागि लगाएको बत्ती चोरी भयो । सौन्दर्यकरणका लागि बत्ती नै गायब भएपछि त्यसको कम्पन महनगरसम्ममै पुग्यो । जसको आवेगमा मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया नै जनाए । यो घटना हो, शनिबारको । बत्ती चोरी जुनसुकै उमेरकाले गरेपनि यहाँ प्रश्न उठ्छ–घण्टाघरको अगाडि नै ड्यूटी गर्ने प्रहरी कहाँ ड्यूटी गर्दै थियो ? अथवा के काममा व्यस्त थियो ? यी यावत प्रश्नले प्रहरीको काम कतव्र्यमाथि चुनौती थपिदिएको छ ।

    अपराध–२ (बाल कैदी फरार )

    पर्सा प्रहरीकै सुरक्षाबीचबाट कम उमेर अर्थात् बाल कैदीबन्दी फरार भएका छन् । बाल सुधार गृहबाट शुक्रबार विहान छतबाट हाम फालेर बाल कैदीबन्दीहरु फरार भए । त्यो पनि कहाँबाट भने जहाँ ९ जना प्रहरीको ड्यूटी थियो । उनीहरुका सुरक्षाका लागि पर्सा प्रहरीबाट असईको कमाण्डमा ९ जना प्रहरीलाई खटाएको थियो । तर ती प्रहरीहरुको लापरबाहीको आंकलन गर्दै बाल कैदीबन्दीहरु छतबाट हाम फालेर खाली खुट्टा भागेर भारततर्फ पुगे । सामान्यतः वारिपारि गर्ने व्यक्तिलाई सोधखोज गर्ने प्रहरीको ती बाल कैदीबन्दीहरु बिना चप्पल भाग्दा शंकास्पद गतिविधिले भागिरहँदा कसरी ध्यान गएन ? यहाँ प्रहरीको लापरबाही पराकाष्ठा भएको सुरक्षाविद्हरुको तर्क छ । यतिमात्र होइन जघन्य अपराधका घटना पनि उत्तिकै भइरहेका छन् । पछिल्लो समय त बेवारिसे लास र हत्याका घटना हठात्ले नभइ योजनाबद्ध नै भइरहेको आम नागरिकमा शंका उब्जिएको छ । एक सातामै ४ वटासम्म लास फेला पर्नुले झन् प्रहरी गतिविधिको मात्रै उजागर गरिरहेको छैन, के गर्दैछ पर्सा प्रहरी गम्भीर सवाल पनि खडा भइरहेको छ ।
    हत्याका घटनाबारे बुझौं

    अपराध–३ (हत्या)

    २ असोजमा पर्साको जगरनाथपुर गाउँपालिको मसिहानीमा एक जना महिलाको घाँटी रेटी हत्या भयो । घरमा सुतिरहेको अवस्थामा आफन्तबाट हत्या भयो । धारिलो हतियारको प्रयोगले महिलाको हत्या भएको प्रहरीले सञ्चारमाध्यमलाई जनायो । तर यो हत्यामा अहिलेसम्म न त हत्यारालाई प्रहरीले सार्वजनिक गर्न सकिरहेको छ न त ती धारिलो हतियार नै फेला पार्न सकिरहेको छ । प्रहरीलाई यो घटनामा पक्राउ परेका एकजना आफन्तले सघाउ पुग्ने बयान दिएपनि त्यसको बेवास्ता गरी प्रहरी नै यो घटनालाई सामसुम पार्न लागेको गाउँलेको आरोप छ । यो घटनामा पनि प्रहरीको लापरबाहीका कारण पीडित परिवारलाई अन्याय भइरहेको उनीहरुको आरोप छ ।

    अपराध–४ (प्रहरी लापरबाहीले मृत्यु)

    बीरगन्ज छपकैयाबाट २ असोजमै एक युवकको बेवारिसे अवस्थाामा शव फेला प¥यो । सोधखोज गर्दै जाँदा त्यो युवकको मृत्यु प्रहरी लापरबाहीले नै भएको घटनाक्रमले देखायो । किनकी, ती व्यक्तिको मृत्यु हुनु भन्दा पहिला छपकैयाँ प्रहरी बिटमा आफ्नै साथीसंग परेको विवादबारे छलफल भएको थियो जुन बेला उनी लागुऔषधको सेवनले मातिएका थिए । अचेत अवस्थामा रहेका ती मृतकलाई छपकैया प्रहरीले आफ्नो हिरासतमा मात्रै राखिदिएको भए उसको ज्यान जाँदैन्थ्यो । तर यहाँ प्रहरीको गम्भीर लापरबाहीले ती व्यक्तिको अकालमै मृत्यु भयो ।

    अपराध–५ (महिलाको बेवारिसे बरामद शव हत्या या आत्महत्या )

    यही ११ असोजमा पर्सा विन्दवासिनी खोलाबाट अन्दाजी ४० वर्षीय महिलाको शव फेला प¥यो । गाउँपालिकाको वडा नम्बर २ को ढोङगही खोलाबाट ती महिलाको शव बरामद भएको प्रहरीले निकालेको सूचनामा भनिएको छ, जुन महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन । अब यहाँ प्रहरीमाथि प्रश्न उठ्छ– कसरी त्यो लास खोलको छेउमा पुग्यो ? यदि ती महिला आफैले आत्महत्या गरेकी हुन भने त्यही छिमेकमै रहेको प्रहरीले किन जानकारी पाएन ? यी प्रश्नले फेला परेको महिलाको बेवारिसे शव आत्महत्या कि हत्या भनेर प्रश्न उब्जिएको छ । तर यो सब सवालको जवाफमा प्रहरीले आफ्नो निष्क्रियता नरहेको जनाएको छ । प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बढिरहेको घटनालाई नै मध्यनजर गरेर सुरक्षा योजना बनाउँन लागिएको जनाए । उनका अनुसार अहिले प्रहरी सक्रियता बढाइएको छ । तर त्यो भनेको अर्थ पहिला प्रहरी निष्क्रिय थियो भन्ने होइन,’ उनले भने । यो सामाचार रेसखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑