• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चीनमा भारतीयको विश्वकीर्तिमान ध्वस्त गर्दा भारतीय मिडियामा नेपाली क्रिकेटरको व्यापक चर्चा

  • वीरगंज संजाल
  • Sep 28, 2023, 12:42 pm
  • ३३३

    वीरगंज । चीनमा जारी १९औँ एसियाली खेलकुदमा बुधबारको दिन नेपाल र मंगोलियाका लागि ऐतिहासिक रह्यो । मंगलोलियाले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पणको गौरव हासिल गर्दा नेपालले दुर्लभ विश्वकीर्तिमानको झण्डा गाड्यो । सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप टी२० खेलेपछि टी२० आईको मान्यता पाएको थियो । अहिले नेपाल टी२० आईमा आईसीसी वरीयताको १७ औँ नम्बरमा छ । तर, आज नेपालले जुन प्रदर्शन गर्‍यो ती विश्व नम्बर एक टिमभन्दा निकै माथि रह्यो । नेपाली टिम र खेलाडीले आज जुन विश्वकीर्तिमान कायम गरेका छन् त्यो निकै दुर्लभ छ । आज नेपाली क्रिकेटरले जुन विश्वकीर्तिमान राखे त्यसमा धेरै जसो छिमेकी मुलुक भारतका खेलाडीले कायम गरेका कीर्तिमान तोडिए । आज तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपालका कुशल मल्लले प्रहार गरेको शतक विश्वकीर्तिमानी बन्न पुग्यो ।

    उनले ३४ बलमै शतक बनाए । जुन भारतका अहिलेका कप्तान रोहित शर्माले बनाएको विश्वकीर्तिमान भंग गर्न पर्याप्त बन्यो । शर्माले ३५ बलमा श्रीलंकाविरुद्ध २०१७ मा शतक पूरा गरेका थिए । आज ६ वर्षपछि मल्लले शर्माको कीर्तिमान तोडे । त्यसो त साउथ अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका एस विक्रामासेक्राले पनि ३५ बलमै शतक बनाएका थिए । यी सबै कीर्तिमान आज मल्लले तोडे । यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले आज बनाएको अर्को विश्वकीर्तिमान लगभग अब तोडिन असम्भव जस्तै छ । उनले मात्र ९ बलमा अर्धशतक पूरा गरे । संयोगले यसअघि यो कीर्तिमान पनि भारतीय क्रिकेटरकै नाम रहेको थियो । सिक्सर किङका नामले चर्चित भारतीय क्रिकेटर युवराज सिंहले सन् २००७ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।१६ वर्षपछि ऐरीले आज उनको कीर्तिमान पनि चकनाचुर पारिदिएका छन् । क्रिकेटमा नौ बलभन्दा कम बलमा अर्धशतक बन्न अब असम्भव जस्तै छ ।

    किनकी हरेक बलमा छक्का प्रहार गर्दा मात्र नौ बलमा अर्धशतक पूरा हुन्छ । त्यसैले नौ बलभन्दा कम बलमा अर्धशतक नै बन्दैन । ८ वटै बलमा लगातार छक्का प्रहार गरे पनि त्यतिबेला ४८ रन मात्र बन्न सक्छ । त्यसैले ऐरीको यो विश्वकीर्तिमान तोडिने देखिँदैन । बराबरी हुनसक्छ । उनले अर्धशतक बनाउँदा ५२० को स्ट्राइक रेटमा रन बनाएका थिए । यो पनि दुलर्भ विश्वकीर्तिमान हो । यो उच्च स्ट्राइक रेटमा अर्धशतक बनाएको विश्वकीर्तिमान हो । यी त भए खेलाडीले कायम गरेका विश्वकीर्तिमान । नेपाली टिमले पनि आज विश्वकीर्तिमान कायम गरेको छ । टी२० अन्तर्राष्ट्रियमा तीन सय रन कटाउने पहिलो टिम बन्दा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनायो । जुन हालसम्मकै टी२०आईको सर्वाधिक स्कोर हो । नेपालले आयरल्याण्डविरुद्ध अफगानिस्तानले बनाएको २७८ रनको विश्वकीर्तिमान भंग गरेको हो । यसपछि पनि नेपाली टिमका नाममा अर्को विश्वकीर्तिमान बन्यो ।

    त्यो हो सबैभन्दा धेरै मार्जिनको जित । ३१४ रनको लक्ष्य पाएको मंगोलिया ४१ रनमा अलआउट हुँदा नेपालले २७३ रनको जित हात पार्‍यो । रनका हिसाबले टी२० आईको सबैभन्दा ठूलो जित हो । त्यति मात्र होइन नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाप्त क्रिकेटमा बनाएको यो उच्च स्कोर पनि हो । यसरी चीनमा नेपाली क्रिकेटले सनसनीपूर्ण प्रदर्शन गर्दा आज अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको चर्चा चुलिएको छ । विशेष गरी भारतीय सञ्चार माध्यममा । भारतका हरेक जसो सञ्चार माध्यमले नेपाली टिम र खेलाडीको प्रशंसा गरेका छन् । इन्डिया टुडे ग्रुपका आजतक, नवभारत टाइम्स र टाइम्स अफ इन्डियाका अनलाइन संस्करणमा यो समाचार प्रमुखताका साथ प्रकाशित भएको छ । यस्तै दैनिक जागरण, दैनिक भास्करमा पनि यो समाचारले प्राथामिकता पाएको छ । यति मात्र हाेइन आईसीसीले पनि याे समाचारलाई प्राथामिकता दिएर प्रकाशित गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑