• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतले चन्द्रमामा पठाएका विक्रम र प्रज्ञान सुतेको सुत्यै

  • वीरगंज संजाल
  • Sep 26, 2023, 4:08 pm
  • ५८९

    वीरगंज । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए ।त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए ।

    चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो ।
    जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउने योजना बनाएका थिए ।तर त्यो दिन असफल भएपछि उनीहरुले २३ सेप्टेम्बरमा त्यो प्रयास गरे । तर सफलता प्राप्त भएन । चन्द्रमामा अझै केही दिन घाम लागि रहने भएकाले घाम रहुञ्जेल सम्पर्क गर्ने प्रयास जारी राख्ने इसरोको योजना छ । तर इसरोका प्रमुख एएस किरणकुमारले प्रज्ञान र विक्रम पुन सक्रिय हुने संभावना सकिँदै गएको बताएका छन् । चन्द्रमाको दक्षिणी ध्रुव जहाँ प्रज्ञान र विक्रम छन्, त्यो ठाउँमा रातको समयमा तापक्रम माइनस १३० डिग्रीसम्म चिसो हुन्छ ।अमेरिकी अन्तरिक्ष एजेन्सीे नासाका अनुसार त्यहाँका कुनै कुनै ठाउँमा त तापक्रम माइनस २५३ डिग्रीसम्म पुग्छ । चन्द्रमाको त्यो चिसोका कारण विक्रम र प्रज्ञानका कुनै उपकरणमा क्षति पुगेकाले सम्पर्क नभएको हुन सक्ने उनी बताउँछन् । विक्रम र प्रज्ञान फेरि सक्रिय भए उनीहरले पहिलाको जस्तै चन्द्रमाका बारेमा थप जानकारी पठाउने छन् ।

    तर सक्रिय भएनन् भने यिनीहरु भारतको दूतका रुपमा चन्द्रमामै बस्ने इसरोले बताएको छ । पृथ्वीमा फिर्ता ल्याउन महँगो प्रज्ञान र विक्रम जस्ता उपकरणको काम चन्द्रमाको जानकारी संकलन गर्नु र त्यसलाई पठाउनु हो । चन्द्रमामा यसअघि जति पनि देशले यान पठाएका छन् ।उनीहरुले यस्ता उपकरण फिर्ता ल्याएका छैनन् । फिर्ता नल्याउनुको कारण हो यसमा लाग्ने खर्च । वैज्ञानिकहरुका अनुसार यसलाई पठाउन जति खर्च लाग्छ फिर्ता ल्याउन पनि त्यत्तिनै थप खर्च गर्नु पर्ने हुन्छ । उपकरण फिर्ता गर्न लाग्ने खर्चले अर्को अन्तरिक्ष मिसन चलाउन सकिन्छ । पृथ्वीमा फिर्ता नहुने भएपछि यस्ता उपकरण चन्द्रमामा नै रहन्छन् र त्यसबाट कुनै काम पनि लिन सकिँदैन । यस्ता उपकरणमा कुनै पनि डाटा भण्डारण नहुने भएकाले पछि अर्को देशले फेला पारे पनि उपयोगी हुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑