वीरगंज । मिक्वाखोला गाउँपालिका–४ साँवा घर भइ सदरमुकाम फुङलिङ बस्दै आएका एक बालकको घरको छतबाट झरेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ७ वर्षीय अंकित लिम्बूको ज्यान गएको हो ।
‘घरको तेस्रो तलामा तीन जना फुटबल खेलिरहेका रहेछन्, गोल भुइँमा झरेपछि दुईजना बल लिन तल झरे,’ प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने, ‘उनीहिँ छतको रेलिङबाट तल हेर्ने क्रममा झरेछन् र टाउको ठोक्किएर गम्भीर चोट लागेछ ।’
जिल्ला अस्पतालमा उपचारका लागि लगिए पनि मृत भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । सदरमुकामकै विद्यालयमा पढ्दै आएका उनी आफ्नै फुपुको घरमा बस्दै आएका र त्यही घरको छतबाट झरेको प्रहरी विवरणमा उल्लेख छ ।