• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

  • वीरगंज संजाल
  • ५ आश्विन २०८०, शुक्रबार १४:३६
  • ३२२१

    वीरगंज । भारतको बरौनीबाट बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकरमा नै वीरगन्ज नाका हुदैं पेट्रोल तस्करी हुने गरेको भेटिएको छ। गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा एउटा ट्यांकर वीरगन्ज भन्सार कार्यालयले समातेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट पेट्रोल ढुवानी गर्ने ना.४ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएकोभन्दा एक हजार आठ सय लिटर बढी पेट्रोल भेटिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए। उनका अनुसार पक्राउ परेको ट्यांकर बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल बोकेर वीरगन्ज भन्सार मातहतको अलौँ आइसिपी हुँदै आएको थियो।

    ट्यांकरचालक जयलाल दास तात्वाले २० हजार लिटर मात्रै पेट्रोल ल्याएको भनी घोषणा गरेर जाँचपास गराउन खोजेका थिए। त्यसपछि शंका लागेर कर्मचारीले आइसिपीको काँटामा गाडीसहितको तौल गर्दा बढी देखिएपछि तत्कालै ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर नापजाँचका लागि आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपोमा पठाइएको थियो। अमलेखगन्ज डिपोले ट्यांकरमा रहेको पेट्रोलको परिमाण नापजाँच गर्दा बढी तेल ल्याएको पुष्टि भएको हो। वीरगन्ज भन्सारका सूचना अधिकारी ढकालले तस्करी भइरहेको सूचना पाएर नियन्त्रणमा लिएको र भन्सार कार्यालयको मुद्दा शाखामा थप अनुसन्धानपछि ट्यांकरका चालक तात्वालाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाडेको बताए। तस्करी गरिरहेको ट्यांकर अहिले अमलेखगन्ज डिपोमा नै रहेको र कर छली अभियोगमा भन्सारका तर्फबाट थप अनुसन्धान भइरहेको ढकालले बताए।

    २९ भदौमा एउटा ट्यांकरमा तेल तस्करी भइरहेको अवस्थामा समातेपछि अहिले वीरगन्ज भन्सार हुँदै आउने अन्य ट्यांकरलाई समेत सूक्ष्म किसिमले चेकजाँच गरिरहेको उनले जानकारी दिए। पेट्रोल तस्करीमा संलग्न ट्यांकरधनी वीरगन्जनिवासी कुलवन्त सिंहलाई भन्सार कार्यालयले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। यसैबीच, आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोल तस्करी पुष्टि भएपछि ढुवानीमा प्रयोग भएको ना.४ख ३१५६ नम्बरको ट्यांकरलाई तीन महिनासम्म इन्धन ढुवानीमा रोक लगाउने गरी निलम्बन गरेको जनाएको छ। निगम प्रवक्ता मनोज ठाकुरका अनुसार चालक तात्वालाई भने आजीवन पेट्रोलियम ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ। यसअघि भैरहवा भन्सार कार्यालय हुँदै गत ८ वैशाखमा पनि तीन हजार लिटरभन्दा बढी डिजेल तस्करी हुँदै गर्दा भन्सार कार्यालयले समातेको थियो। साभार:नयाँपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑