• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    १५ वर्षमा १२ हजारभन्दा बढी श्रमिकको विदेशमा मृत्यु

  • वीरगंज संजाल
  • Sep 22, 2023, 12:54 pm
  • ४३७

    वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो। आव २०६५/६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन्। नेपाली श्रमिकका प्रमुख गन्तव्य खाडी मुलुक हुन्। खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ। सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, दुबईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाए। रोजगारीका लागि बिदेसिने धेरैजसो कामदारको उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन्। उनका अनुसार पछिल्ला तीन वर्षमा विदेश जाने नेपाली कामदारको आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहको रहेको छ। रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या लगातार बढेसँगै उतै ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको हो। सरकारले वैदेशिक रोजगारीमा रहेका युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गरेको र रोकथामको उपाय अपनाएको पाइन्न। त्यसकारण वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घट्न नसकेको बताइन्छ। आव २०७०/७१ सम्म रोजगारीमा विदेश जानेको संख्या ५ लाख नाघेपछि त्यसयता वार्षिक रूपमा मृत्यु हुनेको संख्या पहिलोपटक १ हजार नाघेको थियो।

    त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्षमा मृत्यु हुनेको संख्या १ हजारभन्दा कम थियो। तर आव २०७७/७८ बाट फेरि मृतकको संख्या वार्षिक १ हजार नाघिरहेको छ। वैदेशिक रोजगारीका क्रममा सबैभन्दा धेरैको मृत्यु हृदयाघातबाट भएको देखिन्छ। त्यस्तै सडक दुर्घटनाबाट पनि धेरैको मृत्यु हुने गर्छ। आत्महत्या गर्नेको तथ्यांक पनि डरलाग्दो छ। बोर्डका अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट, आत्महत्या, दुर्घटना आदि मृत्युका मुख्य कारण रहेका छन्। वैदेशिक रोजगार विभागका एक अधिकृतले भने, ‘कतिपय देशका केही ठाउँमा मृत्युपछि हचुवाकै भरमा मृत्युको कारण प्राकृतिक भनेर लेख्ने गरेको पनि पाइन्छ।’ नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानअनुसार पनि धेरै नेपाली श्रमिकले हृदयाघातलगायत मुटुसम्बन्धी समस्याले ज्यान गुमाउनुपरेको वैदेशिक रोजगार बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए। ‘खाडी मुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेको संख्या धेरै हुनुमा त्यहाँ उच्च तापक्रम हुनु र काम गराइ नमिल्नु हो। नेपाली परिवेशमा हुर्कंदै आएकाहरूको जीवनशैली बदलिँदो वातावरणमा नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि मृत्युको अर्को कारण हो,’ शाखा अधिकृत चन्दले भने। वयस्क र ऊर्जावान् उमेरका युवाको गन्तव्य मुलुक पुगेपछि रोजगारदाताले गराउने मेडिकल जाँच पास हुने गरेको पनि कतिपय युवा बाकसमा फर्किनुपर्ने अवस्था देखिन् स्वाभाविक नभएको उनी बताउँछन्।

    उनका अनुसार बेलुका राम्रै अवस्थामा सुतेको व्यक्ति बिहान मृत अवस्थामा भेटिने गरेका खबरहरू पनि निकै आउने गरेका छन्। भाइटल साइन्स पार्टनरसिप (भिएसपी) ले सन् २०२१ मा खाडी देशमा मृत्यु हुने आप्रवासीहरूबारे सार्वजनिक गरेको प्रतिवेदनमा कतिपय नेपालीको मृत्युबारे उल्लेख गरिएको छ। विदेश गएकाहरूलाई मृत्युको जोखिमबाट जोगाउन रोजगारदाता कम्पनी, आफ्नो देश वा म्यानपावर कम्पनीहरूले ठोस कदम चालेको देखिन्न। धेरैजसो नेपाली खाडीका ६ वटा देश कतार, युएई, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा काम गर्न जाने गरेका छन्। त्यस्तै धेरै कामदार जाने अर्को देश मलेसिया हो। नेपालले संस्थागत रुपमा १११ वटा देशमा र व्यक्तिगत रूपमा १७८ देशमा वैदेशिक रोजगारीका श्रमका निम्ति अनुमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको जानकारीअनुसार आफ्नो योग्यता र इच्छाअनुसार रोजगारदातासँग सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणमा र सरकारहरूबीचको सम्झौतामा सरकारकै सहजीकरणमा विदेशमा रोजगारीमा जान सक्ने प्रावधान छ। श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार वैदेशिक रोजगारमा जाने कतिपयले नेपालमा नै स्वास्थ्य परीक्षणमा पास भए पनि विदेश गएको कही दिनमै मृत्यु हुने गरेको अवस्था पनि यथावत् छ। विदेशमा सडक दुर्घटनामा र प्राकृतिक कारणले गर्दा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ। आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। यस्ता कारणहरूले गर्दा वैदेशिक रोजगारमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको बोर्डका अधिकृतहरूको भनाइ छ।

    वैदेशिक रोजगारीमा गएका कामदार आधाभन्दा बढी मृत्यु स्पष्ट रूपमा व्याख्या गरिएको पाइँदैन। जसको अर्थ ‘प्राकृतिक कारणहरू’ वा ‘हृदयाघात’ जस्ता शब्दहरू प्रयोग गरेर मृत्युको अन्तर्निहित कारणसँग कुनै सन्दर्भ नै नजोडी मृत्युहरू प्रमाणित गरिन्छन्। अघिल्लो दिन सामान्य अवस्थामै सुतेका कामदार भोलिपल्ट ओछ्यानमै मृत भेटिएका घटना धेरै छन्। यस्तो मृत्युलाई अस्पतालले पोस्टमार्टम रिपोर्टमा ‘प्राकृतिक कारण’ भन्ने गरेको छ। बोर्डका अधिकृतहरूको अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको मृत्युको कारण प्राकृतिक देखाए पनि भित्री कारण अर्को हुन सक्ने बताउँछन्। ‘युवाहरू अघिल्लो दिनसम्म काम गरेर आएर सहजै खाना खाएर सुतेका हुन्छन् तर भोलिपल्ट अचानक मृत भेटिन्छन्। यस विषयमा गहिरो अध्ययन आवश्यक छ तर गर्न सकिएको छैन,’ उनीहरूले भने, ‘नियमले तोकेभन्दा बढी घन्टा काम गर्ने, दिसापिसाब लाग्छ भनेर पानीसमेत नखाई काममा खटिने, उच्च तापक्रममा काम गर्ने र धेरै चिसो कोठामा सुत्ने, दुखाइ कम गर्न अत्यधिक पेनकिलर खाने बानीले उनीहरूलाई मिर्गौलालगायत दीर्घरोगी बनाउने गरेको छ। त्यस्ता कारणले गर्दा उनीहरूलाई मृत्युसम्म पुर्‍याउने गरेको छ।’ नेपालहरू सबैभन्दा धेरै साउदी अरेबियाको सडक दुर्घटनामा मृत्यु हुने गरेको बोर्डका कर्मचारीहरूले जानकारी गराएका छन्। साउदीको ट्राफिक नियम नेपालको भन्दा निकै फरक छ। यसबारे नेपालीलाई थाहा नहुँदा बाटो काट्ने क्रममा ज्यान गुमाउने गरेको शाखा अधिकृत चन्दले जानकार गराए।

    सुन्दर भविष्यको सपना बुनेर रोजगारीका लागि विदेश पुगेका श्रमिकहरूले दिनप्रतिदिन ज्यान गुमाउनुपरेको छ। गन्तव्य मुलुकको नियम कानुन र सडक या ट्राफिक नियमबारे राम्ररी नबुझी रोजगारीमा जाँदा पनि नेपाली कामदार दुर्घटनामा परिरहेका छन्। बोर्डका अधिकारी कर्मचारीहरूले भने, ‘कति कामदार मदिरा र ड्रग्स खाएर ठुला हाइवेको बाटो काट्न लाग्दा गाडीले ठक्कर दिने गरेको पनि पाइएको छ। ठुल्ठुला हाइवेमा गाडीको स्पिड बढी हुन्छ तर नियम मिचेर बाटो काट्न खोज्दा नेपाली कामदारहरू दुर्घटनामा पर्ने गरेका छन्।’यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको नियमअनुसार रोजगारदाता कम्पनीमार्पmत शव झिकाई निःशुल्क रूपमा मृतकको परिवारसम्म पुर्‍याउने काम गर्दै आएको छ। रोजगारीमा गएर मृत्यु भएका तर कुनै रोजगारदातासँग आबद्ध नभएका मृतकको शव सम्बन्धित नियोगको समन्वयमा स्वदेश झिकाउने काम गर्दै आएको छ। विदेशमा जवानी र समय खर्च गरिरहेका युवाहरू नेपाल फर्किएपछि उनीहरूको सामाजिक सुरक्षा र सामाजिक सम्मानको प्रत्याभूति दिलाउन पनि सरकार लागिरहेको चन्दले जानकारी दिए। बर्सेनि ५ लाखभन्दा बढी युवा श्रम बजारका निम्ति तयार हुन्छन्।

    सबैजसो वैदेशिक रोजगारीमा जाने अवस्था भइसक्यो। सरकारद्वारा स्वदेशमै रोजगारी बढाउन हरेक योजनाहरू बने तर असफल भइरहेका छन्। सरकारले सधैं स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य घोषणा गरे पनि व्यवहारमा सार्थक नहुँदा वैदेशिक रोजगारीको मूल्य निकै चर्को रूपमा देश र समाजले बेहोर्नुपरेको छ। मृत्युदरलाई केही मात्रामा रोकथाम गर्न तालिम नलिई विदेश जान नपाइने र सोही बोर्डले नै तालिम प्रदान गर्दै गरेको चन्दले जानकारी गराए। सीपको अभावमा विदेशमा नेपाली ठगिने र उचित पारिश्रमिक नपाउने समस्या बढेपछि सरकारले सीप सिकाएर मात्रै विदेश पठाउने गरेको हो। नेपाली कामदारले विदेशमा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोग हो। पारिवारिक बिछोड, एक्लोपन, कामको दबाब र बदलिँदो हावापानीले उनीहरू डिप्रेसन र एन्जाइटीको सिकार बनिरहेका छन्। विदेश पुग्नासाथ पैसा धेरै कमाइ हुन्छ भन्ने परिवारको परिकल्पना रहन्छ। त्यसैअनुसार परिवारको अपेक्षा र माग हुन्छ। त्यस्ता माग पूरा गर्न नसक्ने र परिवारसँग राम्रो कुराकानी नहुनेजस्ता कारणले आत्महत्यासम्म रोज्न पुगेका चन्दले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑