वीरगंज । सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की छन् । उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो बागमती नगरपालिका ८ गाजलीचोकमा राजघाटबाट सोल्टी आइरहेको कार्की चलाइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटतर्फ जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो आपसमा ठोक्किएर दुर्घटना भएको थियो । अर्को मोटरसाइकल सवार हरिवन १ का ३२ वर्षीय मुकेश कुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी घाइते भएका छन्।
बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।