वीरगंज । वीरगन्जमा मोटरसाइकलले ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबारराति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारको सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार , बुधबारराति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षिय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।